क्रोएसिया र ब्राजिलबीचको खेल बराबरीमा, पेनाल्टी शुटआउट
प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार
(221201) — AL RAYYAN, Dec. 1, 2022 (Xinhua) — Luka Modric (L) of Croatia vies for the ball during the Group F match between Croatia and Belgium at the 2022 FIFA World Cup at Ahmad Bin Ali Stadium in Al Rayyan, Qatar, Dec. 1, 2022. (Xinhua/Li Ming)
क्रोएसियाका ब्रुनो पेट्कोभिचले अतिरिक्त समयमा ब्राजिलविरुद्ध १ गोल गरेपछि ब्राजिल र क्रोएसियाबीचको खेल बराबरी भएको छ ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको दुई १५ मिनेटपछि ब्राजिल र क्रोएसियाको क्वार्टरफाइनल खेलको निर्णय शुटआउटबाट हुदैछ ।
क्रोएसियाविरुद्ध अतिरिक्त समयमा १ गोल गर्दै ब्राजिलले सुरुमा अग्रता बढाएको थियो । ब्राजिलका सुपरस्टार नेयरमारले एक गोल गरेका थिए ।
नेयमारले अब फुटबल लिजेन्ड पेलेलाई ब्राजिलको सबैभन्दा धेरै गोलकर्ताको रुपमा बराबरी गरेका छन् ।
ब्राजिलको राष्ट्रिय फुटबल टिमका लागि अब नेयमार र पेलेको गोल बराबर अर्थात् ७७ भएको छ ।






