युक्रेनी ड्रोन आक्रमणपछि क्रेमलिनद्वारा ‘घरेलु सुरक्षा’ बारे छलफल


प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार

राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रुसको ‘घरेलु सुरक्षा’ का विषयमा शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । पछिल्लो पटक गरिएको युक्रेनी ड्रोन आक्रमणले देशको लागि खतरा खडा गरेको रुसको बुझाइ छ ।

यसअघि मङ्गलबार पनि अधिकारीहरूले युक्रेनको सीमानामा रहेको रुसको कुर्स्क क्षेत्रमा एउटा एयरफिल्ड नजिकै ड्रोनले आक्रमण गरेको थियो । जसको एक दिनपछि मस्कोले कीभलाई अन्य दुई एयरफिल्डमा ड्रोन हमलाको दोष लगाएको थियो।

सोमबारको ड्रोन हमला अत्यन्तै असामान्य थियो किनभने दुबै साइटहरू युक्रेनको सीमाबाट सयौं किलोमिटर भन्दा टाढा छन्। राष्ट्रपति पुटिनले आफ्नो सुरक्षा परिषद्को बैठक बोलाएर राज्यको ‘घरेलु सुरक्षा’ कसरी सुनिश्चित गर्ने भनेर छलफल गरेको क्रेमलिनले मङ्गलबार जनाएको छ ।

पत्रकारहरूसँग छुट्टै कुरा गर्दै पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अधिकारीहरूले युक्रेनी आक्रमणबाट देशलाई बचाउन ‘आवश्यक’ उपायहरू अवलम्बन गरिरहेको बताएका छन्

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘निस्सन्देहरूपमा त्यस्ता आतङ्कवादी कार्यहरू जारी राख्न युक्रेनी शासनद्वारा खुला रूपमा घोषणा गरिएको पछिल्लो गतिविधि खतराको कारक हो,’ पेस्कोभले ड्रोन आक्रमणको बारेमा सोध्दा पत्रकारहरूलाई बताएका छन् ।

यसअघि मङ्गलबार, कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले स्थानीय एयरफिल्ड नजिकै ड्रोन आक्रमणको परिणामस्वरुप तेल भण्डारण ट्याङ्कीमा आगो लागेको बताएका थिए। त्यहाँ कुनै हताहती भने भएको थिएन तर त्यसको उद्देश्य भने अझै स्पष्ट भइसकेको छैन।

सोमबार रुसको रक्षा मन्त्रालयले युक्रेनले मध्य रियाजान क्षेत्रको ड्यागिलेभो एयरफिल्ड र साराटोभ क्षेत्रको एंगेल्स एयरफिल्डमा ‘सोभियत निर्मित ड्रोन’ प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेको बताएको थियो।

एङ्गेल्स देशको रणनीतिक विमानको आधार हो जुन कीभले युक्रेनमा आक्रमण गर्न प्रयोग गर्ने गरेको बताएको छ। ती हमलाहरूको परिणाम स्वरूप तीन सैनिक मारिएका छन् र चार जना घाइते भएको मन्त्रालयले बताएको छ। त्यसतै आक्रमणबाट दुईवटा विमानमा पनि सामान्य क्षति पुगेको छ ।

क्रेमलिनले युक्रेनमा मस्कोको आक्रमणको क्रममा आफ्नो मानवीय र भौतिक क्षतिको बारेमा कडा दृष्टिकोण राखेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com