जुम्लाको कथा, नेपाली समाजको यथार्थता


प्रकाशित मिति : श्रावण १२, २०७९ बिहीबार

प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् । आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवद्र्धनका लागि बिहीबार पोखरा आएका कलाकारहरुले एकसाथ चलचित्रले नेपाली समाजको यथार्थतालाई देखाउन खोजेको बताए ।

“चलचित्र प्रकाश समाजको यथार्थतामा आधारित कथा हो । यसको मुख्य भूमिकामा अभिनय गर्न पाउँदा मलाइ खुसी लागेको छ”, चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा नायक प्रदीप खड्काले भन्नुभयो, “चलचित्र जुम्लामा छायाङ्कन गरिएको भएपनि नेपाली समाजको यथार्थता, भोगाइलाई तथा समस्यालाई कथामा देखाउन खोजिएको छ ।”

चलचित्रमा जुम्लाको गरिब परिवारको विपन्नतामा हुर्केका एक सदस्य प्रकाशको शिक्षक बन्ने सपना र त्यससँग उनको सपना पूरा गर्न जोडिएका विभिन्न घटनाक्रमलाई प्रस्तुत गर्न खोजिएको छ । आफ्नो सपना पूरा गर्न गर्नुपर्ने विविध सङ्घर्षको कथालाई चलचित्रले देखाउन खोजेको बताउँदै उहाँले प्रकाशले आफूलाई कलाकार बनाएको उल्लेख गर्नुभयो ।

पोखरेलीबाट आफूले मायाँ पाइरहेको बताउँदै खड्काले चलचित्र प्रकाशलाई सफल बनाउन पनि पोखराबाट महत्वपूर्ण सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो । चलचित्रकी नायिका दिया मास्केले कुनै पनि पुरुषको हरेक सफलतामा महिलाको हात हुने कुरालाई आफ्नो भूमिकामार्फत देखाउन खोजेको धारणा राख्नुभयो । नेपाली जनजीवनलाई वास्तविकरुपमा चित्रण गरिएको उल्लेख गर्दै उहाँले अभिनयका क्रममा देखे भोगेका विभिन्न अनुभव सुनाउनुभयो । पोखरा आफ्नो घर भएकाले पनि यहाँबाट अत्यधिक माया पाइने मास्केको विश्वास छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चलचित्र लेखक विकास सुवेदीले ‘प्रकाश’ सबैको कथा भएको बताउँदै जीवन सङ्घर्षको पहाड भएको विषयलाई चलचित्रले स्पष्टरुपमा चित्रण गर्न खोजेको बताउनुभयो । पत्रकारिता क्षेत्र हुँदै आफू चलचित्रमा प्रवेश गरेको अनुभव सुनाउँदै उहाँले पत्रकारिताका क्रममा देखे भोगेका विविध समस्यालाई चलचित्रमा उतारिएको बताउनुभयो ।

“एक गरिब परिवारमा जन्मेको व्यक्तिले शिक्षक बन्न गर्नुपरेको सङ्घर्षलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ”, उहाँले भन्नुभयो, “यो सबैको कथा हो, समाजको वास्तविकता हो ।” चलचित्र निर्माणका सन्दर्भमा झण्डै एक वर्ष अध्ययन अनुसन्धान गरिएको बताउँदै सुवेदीले प्रदर्शन हुने तयारीमा आउँदा अरु दुई वर्ष लागेको बताउनुभयो । हालसम्म करिब रु दुई करोड लगानी भइसकेको जानकारी दिँदै उहाँले लागत रु दुई करोड ५० लाखसम्म पुग्न सक्ने बताउनुभयो ।

चलचित्रका निर्देशक दिनेश राउतले समाजको यथार्थपरक कथालाई समेत व्यवसायिकीकरण गर्नुपर्ने आवश्यकतालाई औँल्याउँदै प्रकाशले नेपाली समाजको यथार्थतालाई जीवन्तरुपमा चित्रण गरेको बताउनुभयो । आफू राम्रो कथाको खोजीमा रहेको र चाहेजस्तो कथा पाएकाले पनि ‘प्रकाश’ निर्देशनका लागि तयार भएको उहाँको भनाइ छ । चलचित्र ‘प्रसाद’पश्चात् लामो समयको अन्तरालमा ‘प्रकाश’ निर्देशन गरेको उहाँले जानकारी दिनुभयो ।

चलचित्रमा प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारको अभिनय गर्नुभएको छ । निर्माता महेन्द्र अधिकारी रहनुभएको चलचित्र विनिस इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com