झण्डै ४० बर्ष अगाडि टेकुबाट हराएका २ टुँडाल अमेरिकाबाट नेपाल फिर्ता


प्रकाशित मिति : असार २८, २०७९ मंगलबार

झण्डै ४० बर्ष अगाडि काठमाडौंको टेकुबाट हराएका २ टुँडाल अमेरिकाबाट नेपाल फिर्ता गरिएको छ । सन् १९८० को दशकमा टेकु नजिकै ह्युमत टोलस्थित नारायण मन्दिरबाट हराएका १२ /१३ औं शताब्दीका दुई टुँडालहरू आज नेपाल फिर्ता आइपुगेका छन्।

एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ताको लागि पहल गर्नुका साथे आँफैंले नेपालसम्म ल्याउन लाग्ने खर्च पनि बेहोरेको जनाइएको छ । नेपालबाट हराएका सम्पदाहरु अमेरिकाबाट फिर्ता हुने क्रममा यी टुडालहरु पनि फिर्ता गरिएका छन् ।

तस्वीर: अमेरिकी दूतावास काठमाडौंको फेसबुकबाट

अमेरिकी दूतावास काठमाडौंका निमित्त मिशन उपप्रमुख एबिगेल अरोन्सनले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँगै एक समारोहका बीच उक्त कलाकृतिहरूलाई पुरातत्व विभागमा स्वागत गरेका छन् ।

यस अगाडि  अमेरिकाको कनेक्टिकटमा रहेको यल युनिभर्सिटी आर्ट ग्यालेरीले फिर्ता गरेको नेपालको बौद्धदेवी तारा/पार्वतीको मूर्ति जुनको अन्तिम साता नेपाल आइपुगेको थियो । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुएल मिकल्लेर र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले उक्त मूर्तिलाई नेपालमा स्वागत गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्गिलाइट ढुङ्गाबाट नवौं शताब्दीको अन्त्य वा दशौं शताब्दीको शुरूतिर बनेको विश्वास गरिएको यो मूर्ति सन् २०१५ मा यल आर्ट ग्यालरीले एकजना दाताबाट प्राप्त गरेको थियो । मे ६ मा उक्त ग्यालरीले नेपाली महावाणिज्यदूतावास न्यूयोर्कसँग ग्यालरीको स्थायी संग्रहमा रहेको नेपालको बौद्धदेवी तारा-पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने सहमति गरेको थियो ।

यस मूर्तिका विषयमा नेपालको पुरातत्व विभाग र यल युनिभर्सिटी आर्ट ग्यालरीबाट सन् २०२१ मा छुट्टाछुट्टै गरिएका अनुसन्धानबाट समभङ्ग मुद्रामा उभिएको, हातमा नाल र कमलको फूल लिएको र कलाशैलीका हिसावले आरम्भिक मध्यकालको सो मूर्ति बिसं २०३२ सालसम्म भक्तपुर गोलमाडी टोलस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्र रहेको र त्यहाँबाट हराउनु अघि बौद्धदेवी पार्वतीको रुपमा दैनिक पूजाआजा हुने गरेको पुष्टि भएको थियो ।

अमेरिकाको कनेक्टिकटमा रहेको यल युनिभर्सिटी आर्ट ग्यालेरीले नेपाली महावाणिज्यदूतावास न्यूयोर्कसँग यल युनिभर्सिटी आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको नेपालको बौद्धदेवी तारा-पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने सहमति गरेको थियो ।

नेपालबाट हराएर अमेरिकाको विभिन्न स्थानमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति मे महिनाको अन्तिम साता पनि नेपाल फिर्ता आइपुृगेका थिए ।  फिर्ता भएका मूर्तिमा चतुर्मुखी शिवलिङ्ग,  उमामहेश्वरको मूर्ति, नागराजको मूर्ति, पद्मपाणि लोकेश्वरअर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र शाक्यमुनिको मूर्ति थिए ।

तीन तहको चतुर्मुखी शिवलिङ्ग मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो । प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका–११ गाःहिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १० औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो ।

नागराजको मूर्ति १२ औँ वा १३ औँ शताब्दीको हो । यो मूर्ति राजकीय स्वरुपको मानवाकार छ । यो मूर्ति सन् १९८२ मा नक्साल क्षेत्रबाट हराएको हो । पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति सन् १९५० तिर हराएको विभागले जनाएको छ । यो मूर्ति अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो ।

शाक्यमुनिको मूर्ति पनि सन् १९५० कै दशकमा हराएको हो । यो मूर्ति पनि अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो । युपिएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको थियो ।

फिर्ता भएका सम्पदा सुरक्षा, संरक्षण, अनुसन्धानकर्तासम्मको पहुँचका लागि आजै राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको थियो । मूर्ति साविककै स्थानमा स्थानान्तरणका लागि अनुरोध भई आएमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा २० कको प्रावधानअनुसार गर्न सकिने विभागले जनाएको छ ।

न्युयोर्क काउन्टीको डिस्ट्रिक्ट एटोर्नी अफिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँगको समन्वयमा न्युयोर्कबाट फिर्ता गरिएका गणेश र बुद्धका मूर्ति ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com