काठमाडौं महानगरमा १९ हजार मतगणना, सिर्जना श्रेष्ठ र स्थापितको मत जोड्दा पनि वालेन्द्रको धेरै
प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार
काठमाडौं महानगरमा झण्डै १९ हजार मतगणना भइसकेको छ । झण्डै १० प्रतिशत मतगणना हुँदा स्वतन्त्र उम्मेदबार वालेन्द्र साहको अग्रता कायम रहेको छ ।
वालेन्द्र साहले ८०३७ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदबार केशव स्थापीतले ४२५९ मत प्राप्त गरेका छन् । काँग्रेस उम्मेदबार सिर्जना श्रेष्ठले ३७०३ मत प्राप्त गरेकी छिन् ।
सिर्जना श्रेष्ठ र केशव स्थापितको मत जोड्दा पनि वालेन्द्रको धेरै मत प्राप्त भएको छ ।
महानगरको १ र २ नम्बर वडाको मतगणना सकिएको छ भने अहिले ३, ४, ५, ३१ र ३२ नं वडाको मत गणना जारी छ ।






