न्युयोर्कको ट्रेन स्टेशनमा भएको गोलीकाण्डमा १६ घाइते, १० जनामाथि गोली प्रहार


प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार

न्युयोर्कको ब्र्रुकलिनमा ट्रेन स्टेशनमा गोली चल्दा कम्तीमा १६ जना घाइते भएका छन् । कम्तीमा १० जनामाथि गोली लागेको प्रहरीले जनाएको छ । ग्यास मास्क लगाएको व्यक्तिले धुँवा बम फ्याक्नुका साथै यात्रुहरुमाथि गोली चलाएको जनाइएको छ । 

सनसेट पार्क ३६ स्ट्रीटमा विहान साढे ८ बजे गोली चलेको जनाइएको छ । घटनास्थलमा विष्फोट गराउन बाँकी रहेका कैयन उपकरणहरु भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलका तस्वीरहरुमा कैयन यात्रुहरु रगतपच्छे भएको देखिएको छ । एकजना साढे ५ फुटको अश्वेत व्यक्तिले एकप्रकारको सिलिण्डर खसालेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त व्यक्तिले सुन्तला रंगको भेष्ट र ग्यास मास्क लगाएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटी प्रहरीको बम्ब डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणकारीले एमटीएका कर्मचारीले जस्तै देखिने कपडा लगाएको जनाइएको छ ।

घाइतेहरुलाई नजिकका अस्पतालहरुमा लगिएको छ । घटनाबारे न्युयोर्क सिटीका मेयर एरिक आडम्सलाई जानकारी दिइसकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com