दिल्लीमा फेरि अर्को क्रूर बलात्कार


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

युवतीलाई चार घन्टासम्म कारभित्र सामूहिक बलात्कार गरी बेहोस भएपछि अस्पतालनजिकै फालियो

भारतको राजधानी नयाँदिल्लीमा एक युवतीको अपहरणपछि सामूहिक बलात्कार भएको छ । ३५ वर्षीया युवतीलाई अपहरण गरी कारमा राखेर तीनजनाले सामूहिक बलात्कार गरेका हुन् । पछिल्लो बलात्कार पाँच वर्षयताकै क्रूर र पाशविक भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसअघि सन् २०१२ को डिसेम्बरमा चिकित्साशास्त्रकी एक छात्राको सामूहिक बलात्कारपछि हत्या भएको थियो ।

चार घन्टा बलात्कार
युवतीलाई नयाँ दिल्लीबाट करिब ३० किलोमिटर टाढा रहेको सोहना सडक खन्डमा सोमबार राति ८ बजे हिँडिरहेका वेलामा एउटा कारमा आएका मानिसले अपहरण गरी कारभित्र कोचेका थिए । उनी छिमेकीको घरबाट आफ्नो निवासतर्फ जाने क्रममा अपहरणमा परेकी थिइन् । अपहरणलगत्तै केही मिटरको दुरीमा कार गुडाएर उनीमाथि पालैपालो बलात्कार गरेका थिए । आफूलाई चार घन्टासम्म कारभित्र राखेर तीनजनाले बलात्कार गरेको पीडित महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

बलात्कारपछि बेहोस भएकी उनलाई मंगलबार बिहान नोएडाको अस्पतालनजिक पु-याएर फालिएको अवस्थामा भेटिएकी थिइन् । राति दुई बजे अस्पताल परिसरमा बेहोस अवस्थामा ढलेको देखेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई तत्कालै अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुसन्धान सुरु
युवतीमाथि सामूहिक बलात्कारका विषयमा नोएडाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । बलात्कारमा संलग्न अपराधीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ, तर मंगलबार साँझसम्म कोही पक्राउ परेका छैनन् । ‘पछिल्लो क्रूर घटनाले  पाँच वर्षअघि मेडिकल छात्रामाथि भएको बलात्कारलाई समेत बिर्साइदिएको छ, दोषीलाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनेछाैँ,’ नोएडाका प्रहरी प्रमुख लभकुमारले भने । प्रहरीले घटनास्थलको सिसी टेलिभिजनको फुटेज अध्ययन गरिरहेको छ । ‘हामीले पीडित महिलाको बयान लिइसकेका छौँ । बलात्कार भएको क्षेत्रमा सिसी क्यामेराका फुटेजहरूको संकलन कार्य भइरहेको छ ।’ उनले थपे ।

घटेन बलात्कारका घटना
यस वर्ष दिल्लीमा बलात्कारका घटनामा कमी आएको प्रहरीले बताइरहेका वेला युवतीमाथि सामूहिक बलात्कार भएको छ । भारतमा बारम्बार बलात्कारका घटना निकै हुने गर्दछन् । सरकारले जति कडा कानुन ल्याए पनि बलात्कारका घटनामा कमी नआएको अधिकारीहरूले बताएका छन् । अशिक्षा, चेतनाको कमी, असुरक्षालगायतका कारणले भारतका विभिन्न राज्यमा दिनहुँ बलात्कार हुने गरेका छन् ।

विरोधै विरोध
पछिल्लो बलात्कारपछि दिल्लीलगायत भारतभर विरोध भएको छ । बलात्कारीलाई तत्काल पक्राउ गरी मृत्युदण्डको सजाय दिनुपर्ने पीडितका परिवारले माग गरेका छन् । सरकारले प्रर्याप्त सुरक्षा दिन नसकेको सर्वसाधारणले गुनासो गरेका छन् । योजनाबद्ध तरिकाले बलात्कार गरेर अपराधी फरार हुँदा पनि सरकारले पक्राउ गर्न नसकेको भन्दै नोयडाका स्थानीयले सरकार र प्रहरी प्रशासनको विरोध गरेका छन् । त्यस्तै, महिलाअधिकारवादी समूह, मानवअधिकारवादी संगठनलगायतले पछिल्लो अपराधको निन्दा गरेका छन् ।

५ वर्षअघिको बलात्कारलाई बिर्साउने अपराध

सोमबारको घटनाले पाँच वर्षअघि दिल्लीमा भएको क्रूर बलात्कारलाई समेत बिर्साइदिएको छ । सन् २०१२ को डिसेम्बरमा ६ जनाको समूहले मेडिकलकी छात्रालाई बसभित्रै सामूहिक बलात्कार गरी निर्घात कुटेर हत्या गरेको थियो । बलात्कारमा संलग्न ६ जनामध्ये ४ जनालाई दिल्लीको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । बलात्कारमा संलग्न एकजनाले जेल भित्रै आत्महत्या गरेका थिए भने एकजनालाई किशोर अदालतमा पेस गरिएको थियो । उनीहरूमाथिको मृत्युदण्डको सजायँलाई दुई साताअघि सर्वोच्च अदालतले सदर गरेको थियो । सो घटनाको भारतलगायत दक्षिण एसियाभर नै विरोध भएको थियो । सोही घटनापछि भारत सरकारले बलात्कारीलाई मृत्युदण्ड दिन सक्ने कानुन बनाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com