कतारस्थित दूतावास भन्छ– ‘नेपाली कामदारमा अनेक कमजोरी’


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

असार ५, २०७४

कतारस्थित नेपाली दूतावासले रोजगारीका लागि कतार पुग्ने नेपाली कामदारमा कमजोरी नै कमजोरी रहेको औंल्याएको छ । दूतावासले ‘नेपाली कामदारको सुरक्षा र हकहित संरक्षण : कानुनी तथा व्यावहारिक पक्षहरू’ विषयक विचार मन्थन गरी कामदारका समस्या र कमजोरी औंल्याएको हो ।
दूतावासका अनुसार कामदारहरू महिनौंसम्म काममा नगई बस्ने, ड्युटीमा नगई आफ्नै सुरले कोठा या साथीभाइको कोठामा गएर बस्ने, नाराजुलुस, हडताल गर्ने, पक्ष–विपक्षमा लाग्ने, तोडफोड गर्ने, समस्या आएपछि काम नछाडी रिपोर्ट गर्नुपर्नेमा सो नगर्ने, लामो समयपछि काम बिगारेर वा विवादले चर्को रूप लिएपछि मात्रै दूतावास आउने गर्छन् ।
त्यस्तै, आवश्यक कागजात साथमा नराख्ने, राखे पनि जतन नगर्ने, धैर्य नराख्ने, आवेगमा अनावश्यक क्रिया–प्रतिक्रिया गर्ने, २–३ महिना तलब रोकिनासाथ नेपाल फर्कन राजी हुने, मादक पदार्थ सेवन गरी अनावश्यक होहल्ला गर्ने र आधारभूत ज्ञान, सीप, नियम, कानुन र प्रावधानको जानकारी नराख्नेजस्ता कमजोरी दूतावासले औंल्याएको छ । कामदारका समस्या समाधानमा पहल गर्दै आएको पनि दूतावासले जानकारी दिएको छ ।
दूतावासले पीडितलाई श्रम विभागमा पठाउने, जटिल समस्यामा खोज अनुसन्धान तथा अनुगमन विभाग (सीआईडी) र कम्पनी छाडी घर जानेलाई ‘एक्जिट कमिटी’ मा पठाउने, बिमाका लागि कानुनी प्रक्रिया पूरा गराउने, रोजगारदाता र म्यानपावरसँग समन्वय गर्नेलगायत सहयोग गर्दै आएको जनाएको छ ।
दूतावासका अनुसार कतारी कम्पनीहरूले तलबसुबिधा नदिने, ‘खु्रज नदिने, लामो समय कतारी आईडी नलगाइदिने, अति जरुरी परेकालाई समेत घर जान नदिने, सवारी दुर्घटनामा कामदारको तलबबाट रकम कट्टी गर्ने, झूटो मुद्दा दायर गर्ने, राहदानी/आईडी/बैंक कार्ड, सवारीचालक अनुमतिपत्र कब्जामा लिनेजस्ता नेपाली कामदारका प्रमुख समस्या छन् ।
कार्यक्रममा कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले नेपाली कामदारका समस्या शीघ्र समाधानका लागि नेपाली दूतावास र कतारको श्रम मन्त्रालयका प्रतिनिधिबीच निरन्तर सम्पर्क एवं अन्य कार्य गर्ने गरी छुट्टै संयन्त्र निर्माण गर्ने व्यवस्थासमेत मिलाइएको बताए ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com