इन्डिगोको मुम्बई–काठमाडौँ पुनः उडान, नेपाल एयरलाइन्सको उडान कहिले ?


प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार

कोभिड–१९ महामारीका कारण स्थगित रहेको भारतको मुम्बईबाट काठमाडौँ गन्तव्यमा सिधा हवाई उडान पुनः सञ्चालनमा आउने भएको छ । कोभिड सङ्क्रमणदर घटेसँगै मुम्बई–काठमाडौँ उडान सञ्चालन हुन लागेको हो ।

भारतको निजी क्षेत्रको वायुसेवा प्रदायक इन्डिगो एयरले फागुन १८ (मार्च २) देखि मुम्बईबाट काठमाडौँ उडान गर्ने गरी मिति तोकेको छ । कम्पनीले सातामा तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान गर्नेछ । उक्त कम्पनीले हालै दिल्ली–काठमाडौँ रुटमा दैनिक एक उडान सञ्चालन गरिरहेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले पनि काठमाडौँ–मुम्बई रुटमा छिट्टै पुनः उडान सञ्चालन गर्ने तयारी गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले काठमाडौँ–मुम्बई गन्तव्यमा उडान सञ्चालनका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “इन्डिगो एयरले उडान पुनः सञ्चालन गर्ने भएछ, हामी (नेपाल एयरलाइन्स)ले पनि यो गन्तव्यमा उडानका लागि हाम्रोतर्फबाट सबै तयारी गरेका छौँ, भारतीय पक्षले उडान अनुमति दिनासाथ पुनः उडान सञ्चालन गर्नेछाँै ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुम्बई गन्तव्यमा कोभिड महामारीपूर्व नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेको थियो । कोभिडको तेस्रो लहर सुरु हुनुअगावै उडानको तयारी गरिएको भए पनि महामारीका कारण उडान योजना स्थगित भएको थियो । महामारीकै अवधिमा एयर बबल सम्झौताअनुरूप नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाले नियमित उडान सञ्चालन गर्दै आएका थिए ।

नेपाल एयरलाइन्सले भारतका तीन गन्तव्य नयाँदिल्ली, मुम्बई र बेङ्लोरमा सिधा उडान गर्दै आए भए पनि कोभिड महामारीका कारण दुई वर्षदेखि मुम्बई र बेङ्गलोर गन्तव्यमा उडान गर्न पाएको छैन । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com