विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान


प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार

दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान सञ्चालन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले उक्त अभियान सुरु गरेको हो । विमानस्थल विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरूले नै विमानस्थल विस्तार गरेर देखाउने भन्दै यो अभियान सञ्चालन गरिएको सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले बताउनुभयो ।

“राज्यले विमानस्थल विस्तारमा कुनै चासो देखाएन”, उहाँले भन्नुभयो, “त्यसैले हामीले जसरी पनि यहाँको विमानस्थल विस्तार गरेर देखाउँछौँ, त्यसका लागि जति सकिन्छ, एक रुपैयाँ भए पनि हाम्रो खातामा जम्मा गरिदिनुहोला ।”

विमानस्थलको धावनमार्ग विस्तार गर्न सकिने र त्यसमा कुनै समस्या नहुँने भन्दै विमानस्थल विस्तारको सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले वन कार्यालय, त्यहाँको समुदायलगायतसँग छलफल गर्नुका साथै प्राविधिकसँग परामर्श गरिरहेको भन्दै केही दिनमा त्यहाँ धावनमार्ग विस्तार गरेर देखाउने तयारी रहेको छ ।

त्यहाँ १८ सय मिटर धावनमार्ग बनाएर देखाउने उहाँले बताउनुभयो । त्यसका लागि सङ्घले अहिले विभिन्न सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया गरिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक सङ्कलनका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घ विमानस्थल नाममा राष्ट्रिय वाणिज्य बैंकमा ४१६०१०००००००७००६ नम्बर खता सञ्चालनमा ल्याएको छ । खातामा स्वेच्छिकरूपमा रकम जम्मा गर्न समेत अध्यक्ष चालिसेले सबैलाई अनुरोध गर्नुभएको छ । “देश– विदेशमा बस्ने सबैले विमानस्थल विस्तारका लागि सहयोग गर्नुहोला”, उहाँले भन्नुभयो, “हामी तपाईँको सहयोगले नै विमानस्थल विस्तार गर्नेछौँ ।” सोही खातामा सङ्घका अध्यक्षले रु ५१ हजारको चेक हस्तान्तरण गरेर खुत्रुके अभियान सुरु गर्नुभएको हो ।

सांसदहरू प्रतिबद्ध

सङ्घले सोमबार दाङको पश्चिम क्षेत्रका सांसदहरूसँग अन्तक्र्रिया गरेको छ । सोही अवसरमा सांसदहरूले प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी र राष्ट्रियसभा सदस्य कोमल वलीले विमानस्थल विस्तारमा हातेमालो गर्ने बताएका थिए । यसअघि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’को नेतृत्वमा गएको दाङका सांसदको टोलीले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई ध्यानाकर्षण गराएको थियो ।

साथै उक्त विमानस्थल विस्तारका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने सङ्घका अध्यक्ष चालिसेले बताउनुभयो । उहाँले यहाँको विमानस्थलको धावनमार्ग ७५० मिटर लम्बाइ र ३० मिटरमात्रै चौडाइ हुँदा सानो जहाजमात्रै बस्दै आएको छ । सानो जहाज बस्दा नौ हजारको हाराहारीमा भाडा तिर्नुपर्ने अवस्था छ । यदि धावनमार्ग विस्तार गरे ठूलो जहाज बस्न सक्ने र सस्तो भाडामा दाङ–काठमाडौँ आवतजावत गर्न सकिने अध्यक्ष चालिसेको भनाइ छ । अहिले टरिगाउँ विमानस्थलमा शुक्रबार र शनिबारबाहेक अन्य दिनमा उडान भर्दै आएको छ ।

विसं २०११ मा उक्त विमानस्थल सञ्चालनमा आएको हो । यसबीचमा पटक–पटक बन्द हुने र सञ्चालन हुने प्रक्रिया चलिरहह्यो । जसबाट विसं २०१३ देखि २०४२ सम्म घाँसेमैदान छँदै दैनिक नियमित विमान सञ्चालन भएको थियो । विसं २०४३ मा बन्द भएको हवाईसेवा २०४८ मा फेरि सुरु भएको थियो । फेरि विसं २०५४ मा बन्द भएर २०५९ पुनः सञ्चालनमा आएको थियो । त्यसपछि २०६३ मा पुनः बन्द भएको विमान सेवा २०७६ देखि नियमित उडान भइरहेको हो ।-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com