नेपालमा सङ्क्रमणमुक्त हुनेको संख्या दोब्बर


प्रकाशित मिति : माघ १९, २०७८ बुधबार

देशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।सङ्गीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा सङ्क्रमित तीन हजार ६३७ सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो ।

यस्तै सङ्क्रमणमुक्त हुने सङ्ख्या सात हजार ५५५ पुगेको उहाँले बताउनुभयो । हालसम्म आठ लाख ७८ हजार ७२० जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ६९ हजार २९१ पुगेको छ ।

बाह्रको निधन

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयका प्रवक्ता डा मिश्राले सो अवधिमा सङ्क्रमणका कारण १२ जनाको निधन भएको जानकारी दिनुभयो । हालसम्म ११ हजार ७६४ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ ।

यस्तै ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला १६ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलाली रहेका छन् ।

यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन् । ती जिल्लामा सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत रहेको छ ।

हाल होम आइसोलेसनमा ६७ हजार ८२५, संस्थागत आइसोलेसनमा एक हजार ४६६, सघन उपचार कक्षमा २७० र भेन्टिलेटरमा ५२ जनाको उपचार हुँदैछ ।

आज करिब आठ लाखले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका प्रवक्ता डा मिश्राले आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com