वैदेशिक रोजगारीमा जानेलाई नक्कली पीसीआर रिपोर्ट बनाईदिने ४ जना पक्राउ


प्रकाशित मिति : माघ १९, २०७८ बुधबार

अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडाँैको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम लिएर उक्त नकली धन्दामा लागेको पाइएको हो ।

उनीहरुले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूनाबिनै रिपोर्ट बनाइदिने गरेका पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो ।

विशेष सूचनाको आधारमा मङ्गलबार नागरिक कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी परिचयपत्र धारी धनुषा घर भई ललितपुरको ग्वार्को बस्ने रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पिसिआर परीक्षण रिपोर्टसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । प्रहरीले भक्तपुरको कौशलटारबाट उक्त अस्पताल पुग्दा सर्लाही घर भई सोही ठाउँ बस्ने ल्याब म्यानेजर प्रसन्नकुमार झालाई पनि नियन्त्रणमा लिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै काठमाडौँ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी धनुषा घर भई काठमाडौँको गौशाला बस्ने नागेन्द्रकुमार यादवलाई पनि १७ थान नक्कली पिसिआर रिपोर्टसहित नियन्त्रणमा लिइएको र उनको बयानका आधारमा सोही ल्याबका कर्मचारी काभ्रेपलाञ्चोक घर भई सूर्यविनायक बस्ने माधव मैनालीलाई समेत पक्राउ गरिएको छ ।

प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट नक्कली पिसिआर बनाउन प्रयोग भएका कम्प्युटरलगायतका उपकरण र पिसिआर टेस्ट दर्ता रजिष्टरसमेत नियन्त्रणमा लिएको छ । फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकको खोजतलास कार्य भइरहेको महाशाखाले जनाइएको छ ।

दुबै अस्पतालका ल्याब सिल गरी अनुसन्धान भइरहेको छ । प्रहरीको अनुसन्धानमा उनीहरुले रिपोर्ट नै नेगेटिभ बनाउने गरेको र ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको पाइएको छ ।

पिसिआर पोजेटिभ देखिएका स्याम्पलको सिटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने र पिसिआर रिपोर्टको मितिसमेत तलमाथि गर्ने गरेको खुल्न आएको छ ।

ती अस्पतालले बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्रसमेत बनाइ सामूहिक स्वाब सङ्कलन गर्न प्रयोग गर्ने गरेको तथ्यसमेत खुलेको महाशाखाले जनाएको छ । सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाले आफैले आफ्नै स्वाब सङ्कलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको समेत पाइएको छ ।

बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिएबापत रु १० हजारसम्म असुल गर्नै गरेको फेला परेको छ । उनीहरुले क्यूआर कोडबाट स्क्यान गरेर हेर्न मिल्ने गरी नै नक्कली रिपोर्ट बनाउने गरेको फेला परेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com