नेपालमा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढी


प्रकाशित मिति : माघ १७, २०७८ सोमबार

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमित हुनुभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आज सार्वजनिक गरेको बुलेटिनमा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने सङ्ख्या दुई हजार ८९९ ले बढी रहेको छ । आज १६ हजार ८८ परीक्षण गर्दा सङ्क्रमित सङ्ख्या पाँच हजार २९२ रहेको छ ।

यस्तै सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ हजार १९१ पुगेको छ । यो दर ९०।५ प्रतिशत हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ७९ हजार २७२ पुगेको छ ।

आठको निधन

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगत २४ घण्टामा आज आठजनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ७४३ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ ।

यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १८ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् ।

यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् ।

नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ७७ हजार ६६५, संस्थागत आइसोलेसनमा एक हजार ६०७, आइसियुमा २८८ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ ।

तीन लाख बढीले लगाए खोप

विगत २४ घण्टामा आज तीन लाख ६६ हजार ६०३ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज तीन लाख ६९ हजार २२६ मात्रा लगाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com