कोरोनाबाट १५ जनाको मृत्यु, ८ हजार १७ संक्रमित थपिए


प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार

देशभर पछिल्लो २४ घण्टामा थप आठ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमूना परीक्षण गरिएको थियो ।

पन्ध्र हजार ७३६ को पीसीआर र छ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पाँच हजार २९२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ३७ हजार चार पुगेको छ । निको हुने दर ८९ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख २२ हजार ८३८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५१ लाख ८५ हजार ७०४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ४७ हजार ३१७ पुगेको छ । कूलमा सङक्रमण दर १८ दशमलव एक प्रतिशत छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ५७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६८७ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८४ दशमलव सात रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या ४९ र आइसियुमा २५७ रहेको छ । होम आइसोलेसनमा ८८ हजार ६४२, संस्थागत आइसोलेसनमा एक हजार ९३४ र क्वारेन्टिनमा १४९ जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके रुपन्देही, दाङ र कैलाली रहेका छन् ।

दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा पर्सा, बारा, महोत्तरी, सलार्ही, सिरहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३८ हजार ८५९, ललितपुर १० हजार ३९० र भक्तपुरमा पाँच हजार ६१४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com