शर्त हटाउन दिइएको आवेदन पेन्डिङ हुँदा २ बर्षे ग्रिनकार्डको अवधि स्वत लम्बिनेबारे प्राविधिक अपडेट


प्रकाशित मिति : माघ १२, २०७८ बुधबार

शर्त हटाउनका लागि दिइएको आवेदन पेन्डिङ हुँदा लगानीका आधारमा प्राप्त २ बर्षे ग्रिनकार्डको अवधि स्वत लम्बिनेबारे युएससीआईएसले प्राविधिक अपडेट गरेको छ । जसमा शर्त हटाउनका लागि फाइल गरिएको आई ८२९ आवेदन पेन्डिङ हुँदा लगानीमा आधारित शर्तसहितको २ बर्षे ग्रिनकार्डको अवधि कसरी लम्बिन्छ भन्नेबारे थप जानकारी गराइएको छ ।

शर्त हटाउनका लागि उचित तरिकाले फाइल गरिएका आई ८२९ आवेदनका सन्दर्भमा युएससीआईएसले फर्म आई ७९७ नामको रिसिप्ट पठाउँछ । यो रिसिप्ट युएससीआईएसले आई ८२९ आवेदन प्राप्त गरेको प्रमाण हो । शर्त सहितको २ बर्षे ग्रिनकार्ड कहिलेसम्म स्वत लम्बिने भन्नेबारे पनि उक्त रिसिप्टमा उल्लेख गरिएको हुन्छ ।

यो रसिदका साथमा एक्सपायर भइसकेको वा हुन लागेको २ बर्षे शर्तसहितको ग्रिनकार्ड राखेको खण्डमा यसले सशर्त ग्रिनकार्डवाहकका रुपमा वैध स्टाटस प्रमाणित गर्दछ । यी कागजातका आधारमा अमेरिकामा रोजगारका लागि योग्य रहेको प्रमाणित गर्न सकिनुका साथै विदेशको भ्रमण गरेर अमेरिका फर्कन समेत सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि कसैको शर्तसहितको २ बर्षे ग्रिनकार्ड पनि एक्सपायर भएको छ र शर्त हटाउनका लागि उचित तरिकाले फाइल गरिएको आई ८२९ आवेदनको रिसिप्टको अवधि पनि एक्सपायर भएको छ भने यात्रा र रोजगारका लागि प्रमाणको रुपमा काम गर्नेगरी अवधि अझै थप्नका लागि युएससीआइएसको सम्पर्क केन्द्रमा फोन गर्न सक्नेछन् । त्यहाँ फोन गरेर फिल्ड अफिसमा अप्वाइन्टमेन्ट तय गर्न सकिनेछ ।

अप्वाइन्टमेन्टका बेलामा अध्यागमन अधिकारीले शर्तसहितको ग्रिनकार्डको कागजात जारी गर्न वा अस्थायी ग्रिनकार्डका रुपमा काम गर्ने छाप लगाउन सक्नेछन् । अधिकारीले आई ९४ फर्ममा वा म्याद नसकिएको पासपोर्टमा अस्थायी ग्रिनकार्डका रुपमा काम गर्ने आई ५५१ छाप लगाउन सक्नेछन् । यो छापका आधारमा अमेरिकामा काम गर्न वा अमेरिका बाहिर गएर आउन सकिनेछ ।

यदि शर्त हटाउनका लागि दिइएको आवेदन आई ८२९ अस्वीकार भएको खण्डमा पुनरावलोकनको अनुरोध समेत गर्न सकिन्छ । देश निकालाको अन्तिम आदेश नआउँदासम्मका लागि अस्थायी ग्रिनकार्डको रुपमा काम गर्ने आवेदकलाई आई ५५१ छाप प्रदान गर्न सकिनेछ । अपिल नगरिएको खण्डमा वा अपिल बोर्ड अफ इमिग्रेशन अपिलबाट अस्वीकार गरिएको खण्डमा देशनिकालाको आदेश अन्तिम हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com