लुम्बिनी अस्पतालमा पत्रकारको निशुल्क कोरोना परिक्षण, निशुल्क आईसीयु बेड


प्रकाशित मिति : माघ ९, २०७८ आईतबार

कोरोनासङ्क्रमित पत्रकारहरुका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबिच सम्झौता भएको छ।

आईतवार अस्पताल परिषरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ईन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलका बिचमा उपचार सम्झौता भएको थियो।

सम्झौता अनुसार पत्रकारहरुलाई मात्र पि.सि.आर परिक्षण निशुल्क गर्ने , कोरोना सङ्क्रमित एचडियु वेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निशुल्क उपलब्ध गराउने, कोरोना सङ्क्रमित आईशियु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा १ वेड निशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा महासंघको सिफारिसकै आधारमा निशुल्क परामर्श सेवा उपलब्ध गराउने उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्झौता कार्यक्रममा बोल्दै अस्पतालका मेसु डा ढकालले नागरिकलाई सुसुचित गराउने सन्दर्भमा फ्रन्टलाइनमा खटिई कार्य गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई तेश्रो लहरको बेला सहज र प्रथमिकताका साथ उपचार प्रबन्ध मिलाईदिन महासंघको पत्रअनुसार अस्पतालको निर्णयपछी सेवा व्यवस्थापन गरिएको बताए ।

उनले आफ्नो कार्यकालमा पत्रकारहरुको लागि अन्य समयमा पनि कार्यान्वयन हुने खालको योजना बनाएर सम्झौता गरिने आश्वासन समेत दिएका थिए।

धन्यवाद ज्ञापन गर्दै नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलले अस्पतालबाट आगामी दिनमा पनि थप सुबिधा पाईनेमा आशा ब्यक्त गरेका थिए ।उनले महासंघले सधै पत्रकारको हित र रक्षाको क्षेत्रमा काम गर्ने बताएका थिए ।कार्यक्रममा महासंघ अध्यक्ष पोखरेल सहित उपाध्यक्षद्वय विश्वास ढकाल, अमृता अनमोल, कोषाध्यक्ष सञ्जय सौगात, कार्यक्रम समिती सदस्य प्रदीप आचार्य तथा साधारण सदस्यहरुको सहभागीता रहेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com