निर्वाचन आयोगको निर्देशनविरूद्ध राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने
प्रकाशित मिति : माघ ९, २०७८ आईतबार
sf7df8f}F, #! h]7M ;+ljwfg ;+zf]wgdflysf] 5nkmndf /fk|kfsf lnªb]g k|ltlglw;efsf] zlgaf/sf] a}7sdf d’n’ssf] gofF gSzfnfO{ cg’;”rLdf ;dfj]z ug{ k|:t’t …g]kfnsf] ;+ljwfg -bf];|f] ;+zf]wg_ ljw]os, @)&& dfly bkmfaf/ 5nkmnsf qmddf efu lnFb} राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन . tl:a/M /f]zg ;fksf]6f÷/f;;
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन गरेको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा आज बसेको बैठकले पार्टीको विधानमा उल्लेखित झन्डाको मध्य भागमा गाई भएको भन्ने वाक्यांश हटाई अनुसूचीमा उल्लेख गर्न आयोगले दिएको पत्र संविधानको भावना र मर्म विपरीत रहेको ठहर गरेको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । पार्टीले उपयुक्त समयमा आयोगको पत्रको जवाफ दिने जनाइएको छ ।
राप्रपालाई विधानबाट आयोगले सनातन हिन्दूराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्र संविधान प्रतिकूल रहेकाले संविधानको धारा, २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनकूल हुने गरी उल्लेख गर्न पत्र जारी गरेको छ ।
यसरी पत्र काट्नु संविधान र कानुनविपरीत भएको राप्रपाको ठहर छ । ‘निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा नम्बर ४ मा उल्लेखित ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्नु’ भन्ने वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन भनी पठाएको पत्र नेपालको संविधानको मर्म र भावनाविपरीत भएको,’ राप्रपाको ठहर छ ।






