१३ वर्षीया बालिकासँग ‘सेक्स च्याट’ को अभियोगमा बेलायती प्रहरीबाट बेद खड्का पक्राउ


प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार

अनलाइनमा १३ र १४ वर्षका बालिकासंग यौनजन्य कुरा गरि आफ्नो नग्न तस्विर पठाउने, बालिकाको तस्विर माग्ने र यौन सम्बन्धका लागि घरमा बोलाउने गरेको आरोपमा एक नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बेदबहादुर खड्का उर्फ निशान क्षेत्री आइतबार सेफिल्डबाट समातिएका हुन् ।

अनलाइनमा बढिरहेको यौनजन्य अपराध नियन्त्रणका लागि कार्यरत सामुदायिक स्वयंसेवी समूह एलिट टिमले खड्कालाई समातेर प्रहरीसमक्ष बुझाएको हो ।

खड्काले आफ्नो घर सेफिल्ड आउन बालिकालाई रेल र टयाक्सीको पैसा तिरिदिन्छु समेत भनेका थिए । घरमा बसेपनि वा होटल गएपनि जाउंला भन्दै खड्काले बालिकालाई प्रलोभनमा पारेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खड्काले ‘अण्डर एज’ १६ वर्ष मुनीका कम्तीमा ४-५ जनासंग ‘सेक्स च्याट’ गर्ने गरेको स्वीकारेका छन् । बालिकाको स्तनको आकार सोध्ने, आफ्नो गोप्य अंगको तस्बिर पठाउने, बालिकाको यौनांगको तस्बिर माग्ने जस्ता यौनजन्य कुरा गरेका पाइएको छ ।

एलिट टिमले समातेर केरकार गर्ने क्रममा खड्काले आफूले १३ वर्षीया बालिकालाई छोरी वा बहिनी सोचेको जिकिर गरेका थिए । तर त्यस्तो यौन च्याटबारे प्रमाण देखाउंदा उनले कहिले मदिरा पिएको बेला दिमागले काम गर्दैन भनेका छन् भने कहिले आफू सुतेको बेला पनि स्मार्ट फोनमा औंलाले थिचिएर तस्विर जाने गरेको हांस्यास्पद जवाफ दिएका छन् ।

बेडमा बसेर १४ वर्षकी बालिकासंग राती ‘यो सेक्स गर्ने समय हो’ भनेका थिए ।

बेलायतमा १६ वर्ष पुगेपछि आपसी समझदारी भएमात्र यौन क्रियाकलाप गर्न कानूनी छुट छ । यो उमेर अघि यौनसम्बन्धी कुराकानी वा क्रियाकलाप गरे गम्भीर अपराध मानिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com