हुम्लीलाई ३ महिनापछि बल्ल ४ किलो चामल,नागरिकता बोकेर लाइनमा जनता !


प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार

rfdnsf nflu gful/stf k]z ug'{kg]{ l;dsf]6 k’; #) M x’Dnfsf gful/sn] rf/ s]hL rfdnsf nflu gful/stf k]z ug'{kg]{ . g]kfn vfB Joj:yf tyf Jofkf/ sDkgL lnld6]8n] tLg dlxgfkl5 rfdn ljt/0f u/]kl5 kfnf] klv{+b} u/]sf ;j{;fwf/0f . t:jL/ M bfg] af]x/f÷/f;;

दाने बोहरा/ नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झन्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ । आजदेखि सुरु गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने भएको छ ।

समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन् । प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल पाउनबाट वञ्चित बनेका हुन् । भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । कमिसनको खेलले तीन महिना बित्दासमेत चामल ढुवानी हुन नसकेको बताइएको छ ।

तीन महिनापछि बल्ल चामल वितरण गरेको भएपनि उनीहरुले एक महिनाको मात्रै चामल पाउने भएका छन् । लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण सर्वसाधारणका लागि बिक्री नभएको हो । तीन महिनायता लिमिटेडको कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यान्न नपाएपछि बजारमा महँगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नु परेको थियो ।

चार केजी चामलका लागि नागरिकता पेस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लिमिटेड शाखा हुम्लाले तीन महिनासम्म खाद्यान्न वितरण गर्न नसकेर आजदेखि वितरण कार्य सुरु गरेको छ । चामल लिन लिमिटेडको शाखामा पुग्दा यहाँका नागरिकले आफ्नो परिचयपत्र खुल्ने नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने बाध्यता जस्तै बनेको छ । नागरिकता पेस नगर्दा चामल नपाइने भएको स्थानीयवासी गणेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सधैँ चामल लिन वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यो पटक नागरिकता अनिवार्य गरेको छ, यसले गर्दा सोझा सर्वसाधरणलाई थप झन्झटिलो बनेको छ ।”

चामल पाउनका लागि लाइनमा बस्नुपर्ने बाध्यता छँदै छ । फेरि अर्को झन्झट नागरिकताको फोटोकपी बुझाउनुपर्ने स्थित छ । अनुदानमा ढुवानी भएर आएको चामल लिनका लागि आफ्नो नागरिकता दिनुपर्ने यो कस्तो नियम हो भन्दै अर्का स्थानीयवासी जानकी भण्डारीले गुनासो पोख्नुभयो ।

आफूहरु सर्वसाधरणलाई दुःख मात्र दिन खोजेको उहाँको भनाइ छ । गाउँबाट साढे दुई घण्टाको पैदल हिडेर लिमिटेडको शाखा कार्यालय सिमकोट पुग्नुपर्ने बाध्यता त छँदैछ । त्यसमा पनि चार केजी चामलका लागि यहाँका नागरिकका लागि नागरिकता प्रमाण पत्र धरौटी राखे जस्तै भएको छ । सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिकले यस अगाडि वडाले दिएको रासन कार्डले हुन्थ्यो भने अहिले नागरिकता पेस गर्नुपर्छ ।

यता प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चामल पाउने नागरिकहरु नदोहोरिऊन् र उनीहरुले चामल पाए÷नपाएको विवरण राख्नका लागि नागरिकता अनिवार्य गरेको बताउनुभयो । गाउँघरका सबै नागरिक चामल पाउनबाट कोही नछुटून् भन्नका लागि उनीहरुको नागरिकता माग गर्ने निर्णय भएको बताउनुभयो । नागरिकता अनिवार्य नगर्दा बीचमा कोहीले दुई तीनवटा रासन कार्डसमेत बनाएर अनियमितता हुन सक्छ कि भने यसो गरिएको बताउनुभयो ।

मनपरी खुल्छ लिमिटेडको खाद्य गोदाम

सदरमुकाम सिमकोटमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्य गोदान नियम विपरीत मनपरी खुल्दै आएको छ । खाद्य व्यवस्था समितिको बैठकले जन्म, मृत्यु र अतिआवश्यकका लागि हप्ताको एक शुक्रबार खोल्ने निर्णय गरेको छ । तर लिमिटेडले त्यसको विपरीत गोदाम खोलर आफ्नो अनुकूल चामल वितरण गरिरहेको छ । उक्त समितिले गोदाममा चामल मौज्दात बढी जम्मा पारेर महिनाको एक पटक सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका साथै बजारवासी र कर्मचारी वितरण गर्ने नियम बनाएको भए पनि यसको कुनै कार्यान्वयन नभएको बताइएको छ ।

शुक्रबार आन्दोलित बने सर्वसाधरण

लिमिटेडको शाखा कार्यालयले आजदेखि चामल वितरण गरेको भए पनि एक महिनाको पूरा पाउनुपर्ने चामलमध्ये आधा घटाएर वितरण गरेपछि सिमकोट गाउँपालिका–१ र २ नागरिक आन्दोलित बनेका हुन् । तल्लो बजारमा रहेको लिमिटेडको शाखामा चामल खरिद गर्न छोडेर उनीहरु जिल्ला प्रशासन कार्यालयमा आएर चामल पूरा वितरण गर्न माग राख्दै आन्दोलन गरेका थिए ।

सर्वसाधरण आक्रोशित भएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सिमकोट गाउँपालिका अध्यक्ष पद्मबहादुर लामा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारी, प्रहरी नायब उपरीक्षक हेरम्भ शर्मालगायतको टोली बसेर तीन महिनापछि वितरण भए पनि यहाँका नागरिकले पाउनुपर्ने सबै खाद्यान्न वितरण गर्ने सहमति भएको हो ।

सीता एयरले ढुवानीमा ढिलाइ गर्दा चामल अभाव

हुम्लाका लागि खाद्यान्न ढुवानी गर्ने जिम्मा पाएको निजी सीता एयरले समयमै ढुवानी नगर्दा यहाँका नागरिक तीन महिनादेखि चामल पाउनबाट वञ्चित बनेका हुन् ।

विगतका वर्षमा सीता, तारा र समिट एयरलाइन्स सबैले खाद्यान्न ढुवानी गर्दा यसरी अभाव झेल्नु परेको थिएन तर यो पटक सीता एयरले दैनिक ढुवानीमा वास्ता नगर्दा थप समस्या निम्तिएको हो । खाद्यान्नले चालु आर्थिक वर्षमा हुम्लामा २७ हजार ९०० क्विन्टल चामल ढुवानी गर्ने भनेको छ । तर ढुवानीमा हुने बेवास्ताले तीन महिना बित्दासमेत उसले ढुवानी गरेको छैन । अहिले झन्डै एक हजार २०० क्विन्टल मात्रै चामल मौज्दात रहेको लिमिटेड शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो । त्यही मौज्दात रहेको चामल तीन महिनादेखि नपाएका सर्वसाधरणलाई वितरण गर्न थालिएको प्रमुख अधिकारीले बताउनुभयो ।

गत असोजपछि सर्वसाधरणका लागि बिक्री वितरण बन्द गरिएको उहाँले बताउनुभयो । साउन, भदौ र असोज महिनामा भने अघिल्लो वर्षको मौज्दात खाद्यान्नबाट बिक्री गरिएको थियो । शाखाबाट तीन हजारभन्दा बढी मासिक रुपमा खाद्यान्न पाउने ग्राहकहरु रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com