अब नयाँ घर बनाउने नक्सा बोकेर नगरपालिका धाइरहनु पर्दैन,अनलाइनबाटै दर्ता


प्रकाशित मिति : पुस २८, २०७८ बुधबार

जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल शुभारम्भ गरेको हो ।

अनलाइन प्रक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख चन्द्रकुमार पुनले अब नयाँ घर बनाउनका लागि नक्सा बोकेर नगरपालिका धाइरहनुपर्ने अवस्थाका अन्त्य भएको बताउनुभयो ।

सो नगरपालिकामा बर्सेनि ३०० भन्दा बढीको सङ्ख्यामा भवन निर्माण भइरहेको अवस्थामा भवन निर्माण अनुमति प्रक्रिया तथा भवन निर्माण सुपरिवेक्षण जाँच गर्ने कार्यलाई अझ व्यवस्थित, वैज्ञानिक र चुस्त बनाउन घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रियाले प्रभावकारी भूमिका खेल्ने नगरप्रमुख पुनले बताउनुभयो ।

यसअघि यही पुस ५ गते नगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) बीच भएको सहमति अनुरुप एनसेटले घर नक्सा निर्माण, सञ्चालन र मर्मतमा परामर्श सेवा उपलब्ध गराएको पुनले बताउनुभयो । सो कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका इन्जिनियर कपिल भट्टराईले घरनक्सा कार्यान्वयनको आवश्यकता र औचित्यबारे प्रष्ट्याउनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले घरमै बसेर अथवा इन्टरनेटको सुविधा भएको जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत घरको नक्सा दर्ता तथा स्वीकृतको अनुमतिको काम हुने भन्दै प्रक्रियाबारे बताउनुभएको थियो ।

घर नक्सा पास अनलाइनबाटै हुने भएपछि घर नक्सा पास गर्न आउने सेवाग्राहीले फाइल बोक्दै हिड्नु पर्ने झन्झटको अन्त्य भएको भन्दै इन्जिनियर भट्टराईले अब सेवाग्राहीले घरमै बसेर आफ्नो काम भए नभएको समेत थाहा पाउनेसमेत जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख प्रेमशङ्कर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, कावासोती–१ का वडाध्यक्ष नारायण पन्तलगायतले अनलाइन सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com