नेपालबाट चोरिएर न्युयोर्क आएका १७ औं र १४ औं शताब्दीका कलाकृति फिर्ता


प्रकाशित मिति : पुस २६, २०७८ सोमबार

न्युयोर्कको रुबिन म्युजियमले नेपालबाट चोरी भएर अमेरिका आइपुगेका दुईवटा काठका कलाकृतिहरुहरु नेपाल सरकारलाई फिर्ता गरेको छ । न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावास र रुबिन म्युजियम अफ आर्टले आज ती दुई कलाकृतिहरु फिर्ता गरेको घोषणा गरेका छन् ।

कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियमका कार्यकारी निर्देशक डाक्टर जोरिट ब्रिट्सजगीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती काठका कलाकृतिहरु १७ औं र १४ औं शताब्दीका भएको जनाइएको छ । एउटा कलाकृति ललितपुरको पाटनबाट हराएको थियो भने अर्को कलाकृति काठमाडौंको इटुमबहालबाट सन् १९९९ मा हराएको थियो ।

पाटनबाट हराएको कलाकृति सन् २०१० मा र इटुमबहालबाट हराएको कलाकृति सन् २००३ मा म्युजियममा आइपुगेको थियो ।

गत सेप्टेम्बरमा  न्युयोर्कको मेट्रोपोलिन म्युजियम अफ आर्टले तपस्वीसँग हिमालयनमा रहेका शिवको १० औं शताब्दीको मूर्ती नेपाल सरकारलाई फिर्ता दिएको थियो ।

कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र संग्राहालयका सीईओ तथा अध्यक्ष डानियल एच वीसबीच यसबारेको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

शिव कैलाश पर्वतमा रहेको निवासमा दुईजना चेलाहरुसँग उभिएको देखिने झण्डै १३ इन्च अग्लो यो मूर्ति सन् १९९५ मा कसैले न्युयोर्कको मेट्रोपोलिन म्युजियम अफ आर्टलाई दिएको थियो । लैंनसिंग बाङदेलले लेखेको पुस्तकका आधारमा उक्त मूर्ति काठमाडौंको कंकेश्वरी मन्दिरको रहेको र त्यहाँबाट चोरिएर अमेरिका पुगेको पुष्टी भएको थियो ।

नेपालबाट चोरिएको मूर्ति आफ्नो संग्राहालयमा रहेको थाहा पाएपछि संग्राहालयले यसैबर्षको सुरुतिर नेपाल सरकारलाई सम्पर्क गरेको थियो ।

यस अगाडि मेट्रोपोलिन म्युजियम अफ आर्टले सन् २०१८ मा बुद्ध र उमाशंकरको मूर्ति पनि नेपाललाई फिर्ता दिएको थियो । नेपालबाट चोरिएर अमेरिका पुगेका पुरातात्वीकम महत्वका बस्तु र मूर्तिहरु फर्काउन यस अगाडि अमेरिकी सरकारले समेत सहयोग गरेको थियो ।

त्यस्तै केही महिना अगाडि पाटनबाट चोरी भएको लक्ष्मी-नारायणको मूर्ति अमेरिकाको संघीय अनुसन्धान ब्यूरो एफबीआईले वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासमा बुझाएको थियो । वासुदेवकमलाजा भनिने लक्ष्मी-नारायणको उक्त काँस्य मूर्ति १२औँ र १५औँ शताब्दीबीचको पुरातात्त्विक सम्पदा हो। सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मूर्तिको पूजा हुने गरेको थियो।यो मूर्ति ३७ वर्षअगाडि चोरी भएको थियो ।

२०५० सालदेखि नेपालबाट हराएका वा चोरिएका मूर्तिहरू फर्काइन थालेको हो ।  हालसम्म ६३ वटा मूर्ति विभिन्न देशबाट नेपालमा फर्काइसकिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com