अमेरिकी पासपोर्ट अनलाइनबाटै वा पत्रमार्फत नविकरण गर्नसकिने, भौतिक रुपमा उपस्थीत हुनुनपर्ने


प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार

अब अमेरिकी पासपोर्ट अनलाइनबाटै नविकरण गर्न सकिने भएको छ । बिहिबारदेखि लागु हुनेगरी यो कार्यक्रमको घोषणा गरिएपनि पूर्णरुपमा भने सन् २०२२ मा यो कार्यक्रम लागु हुने भएको छ ।

डिसेम्बर १३ मा राष्ट्रपति जो बाइडेन कार्यकारी आदेश जारी गर्दै अनलाइनबाट पासपोर्ट नविकरण प्रणाली विकाश गर्न अमेरिकी विदेश मन्त्रालयलाई निर्देशन दिएका थिए । भौतिक रुपमा उपस्थीत भएर कागजात हुलाकबाट पठाउन नपर्ने गरी प्रणालीको विकाश गर्न निर्देशन दिए अनुशार विदेश मन्त्रालयले फेडरल रजिष्टरमा यसबारेको अन्तिम सुचना प्रकाशित गरेको हो ।

विगतमा पासपोर्ट नविकरणका लागि भौतिक रुपमा उपस्थीत भएर पूरानो पासपोर्ट पेश गर्नुपर्ने र चेक वा मनी अर्डरबाट रकम बुझाउनुपर्ने प्रावधान रहदै आएकोमा अब अनलाइनबाटै रकम तिर्न सकिनेछ । नयाँ प्रणाली अन्तरगत अब आवेदकले अनलाइन वा हुलाकमार्फत पासपोर्ट नविकरणका लागि आवेदन दिनसक्नेछन् ।

अमेरिकी पासपोर्ट

हुलाकबाट वा भौतिक रुपमा उपस्थीत भएर पासपोर्ट नविकरणका लागि आवेदन दिंदा पुरानो पासपोर्ट रद्द गर्नका लागि पठाउनुपर्ने प्रावधान भएपनि अनलाइनबाट आवेदन दिंदा भने पुरानो पासपोर्ट अनलाइन प्रकृयाबाट नै रद्द गर्न सकिनेछ । पासपोर्ट हराएको, चोरी भएको वा नष्ट भएको सन्दर्भमा भने आवेदकले प्रयाप्त र विश्वसनीय व्याख्या गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगतमा १० बर्षको पूरै म्यादको पासपोर्ट जारी भएकाहरुलोमात्र अनलाइनबाट वा हुलाकबाट नविकरणका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै पहिलेको पासपोर्ट जारी हुँदा आवेदक १६ बर्ष वा सोभन्दा माथिको उमेरको हुनुपर्नेछ भने पासपोर्टको म्याद १ बर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको हुनुपर्नेछ । अघिल्लो पासपोर्ट जारी भएको १५ बर्ष भन्दा बढी भएको हुनुहुँदैन भने नाम वा लिंग लगायतका अन्य व्यक्तिगत विवरण पनि परिवर्तन भएको हुनुहुँदैन । पासपोर्टको अनलाइन नविकरण गर्दा फोटो र शुल्क अनलाइनबाटै तिर्न आवश्यक छ ।

उल्लेखित योग्यता पूरा नभएकाहरुले भने पहिलेजस्तै अप्वाइन्टमेन्ट लिएर भौतिक रुपमा उपस्थीत भएर नविकरणको आवेदन दिनुपर्नेछ । कूटनीतिक र सरकारी पासपोर्ट पनि अनलाइनबाट नविकरण गर्न सकिनेछैन । पासपोर्ट कार्डको नविकरण पनि अनलाइनमार्फत गर्न सकिनेछैन ।

यसबारे फेडरल रजिष्टरमा प्रकाशित सुचनाको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com