८ पटक खोप लगाइसकेका युवक पक्राउ, नवौँ पटक लगाउन जाँदा स्वास्थ्यकर्मीले चिने


प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार

पश्चिम युरोपको देश बेल्जियममा खोपमा हुने बेइमानी बारे अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक युवकलाई ८ पटक खोप लगाएको आरोपमा पक्राउ गरिएको छ । अचम्मको कुरा के छ भने युवक नवौँ पटक खोप लगाउन खोप केन्द्र जाँदा उनलाई पक्राउ गरिएको हो ।

यो अचम्मको घटना वलुन प्रान्तको २ लाख जनसंख्या भएको शर्लराय शहरको हो । यहाँ एक युवकलाई पैसा दिएर अरुको नाममा खोप लगाएको आरोपमा पक्राउ गरिएको हो ।

बेल्जियम मिडिया लावेनिरको रिपोर्ट अनुसार आरोपी यस्ता व्यक्तिलाई सम्पर्क गर्दथे जो भ्याक्सिन नलगाइकनै खोपकार्ड चाहन्थे । यस्ता व्यक्तिबाट मोटो रकम लिएर आरोपी उनीहरुको स्थानमा गएर खोप लगाउने गर्दथे । लगातार खोप लगाएका कारण स्वास्थ्यकर्मीले नवौँ पटक उनलाई चिन्न सफल भए र त्यसपछि उनीहरुले प्रहरीलाई यसबारे सूचना दिए ।

बेल्जियमका प्रहरीले आरोपीबाहेक ती व्यक्तिकामे नामबारे पनि जानकारी दिएको छैन जसले आरोपीलाई खोप लगाएबापत् पैदा दिएका थिए । यति धेरै खोप लगाएता पनि आरोपीको शरीरमा यसको कुनै दुष्प्रभाव थिएन । एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com