हराउँदै मौलिकता : हिन्दी र अङ्ग्रेजी गीतमा नाचेर ‘भैलो’


प्रकाशित मिति : कार्तिक १८, २०७८ बिहीबार

बलेवा / सोह्र वर्षको उमेरमा भैली खेल्दा जम्मा भएको चामल बोराभरि बोकेर सातगाउँ डुल्नुभएका बागलुङको गलकोट नगरपालिका–४ का भवदत्त न्यौपानेलाई अहिले पनि भैलेनीको खुब याद आउँछ । सत्तरी वर्षीय न्यौपानेलाई उहिलेको भैलेनी सम्झिँदा अहिले पनि मारुनी बनेर नाचौँ नाचौँ लाग्छ । महिलाको वेशमा पुरुषले सोरठी गीतमा नाच्नुलाई मारुनी भनिन्छ ।

गाउँभरिका तन्नेरी जम्मा भएर भैली खेल्दा, मारुनी नाच्दा रमाइलो हुन्थ्यो । कात्तिके दान जसको घरमा जे छ, त्यही दिने चलन थियो । चामल, धान कोदोलगायतका अन्न धेरै दान पाइने भएकाले बलिया युवा भैलेनीमा खोजी हुन्थे । बारीका कान्ला हुन् वा बाटोका पर्खाल भैलेनीमा हिँडेका युवाले जरक्कै भारी बोकेर पार लगाउँथे ।

बलिराजाका कथा सोरठीको भाकामा गाउँदै मारुनी नाच्दा सातगाउँ डुलेको र रात कटेको पत्तै हुँदैनथ्यो रे उहाँलाई । राँको बालेर अक्करे भीरको बाटोमा हल्ला गर्दै हिँडेको तन्नेरी जोश अहिले बुढ्यौलीमा झल्झली याद आउँछ तर अहिले न्यौपानेले भैलेनी नदेखेको धेरै वर्ष भयो । आफूले गाउन नाच्न नसके नि अहिलेका नयाँ पुस्ताले भैलेनी खेलेको हेर्ने न्यौपानेको रहर छ ।
“न भैलेनीका गीत सुनिन्छ न नाच भैलेनीको जस्तो छ”, न्यौपानेले भन्नुभयो, “अहिले त गीत र नाच पनि सबै अर्कैका हुन्छन्, चन्दा माग्न हुल बाँधेर आएजस्तो, हरियो गोबरले लिपेको लक्ष्मीको पूजा गरेको कथा जस्तै हुन थाल्यो ।”

बागलुङको जैमिनी नगरपालिका–१० का खगेन्द्र पौडेल पनि उ बेला भैलेनीका प्रखर गायक हुनुहुन्थ्यो । पचास वर्षीया पौडेल गाउने, नाच्ने र भट्याउने सबै कला भएका कलाकार हुनुहुन्थ्यो । गाउँमा विद्यालयका लागि सहयोग गर्न होस् वा गोरेटो बाटो बनाउन किन नहोस्, राजनीतिक पार्टीको खर्च चलाउनेसम्मका कामका लागि भैली खेल्ने गरेको उहाँको अनुभव छ । पौडेलले पनि धेरै भयो सामाजिक भाव राखेर खेलिएको भैलो नदेखेको ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“कति हिँडियो, कति गाइयो नाचका कुरै नगरौँ, भैलीको आफ्नै मौलिकता थियो”, पौडेल भन्नुहुन्छ, “आजभोलि त हिन्दी र अङ्ग्रेजी गीतमा नाचेर भैलो भन्छन् ।” विशेषगरेर तिहार पर्वमा खेलिने भैलो हराउँदै गएकामा पुराना पुस्ता चिन्तित छन् । भैलीको आफ्नै मौलिक पहिचान र इतिहास छ तर नयाँ पुस्ताले एकातर्फ भैलीको मौलिकतामाथि प्रहार गरिरहेको छ भने अर्कोतर्फ भैली खेल्ने संस्कृति नै लोप हुने अवस्थामा छ । अहिले भैलेनी आँगनमा आउँदैन, आँगनको फेरो हालेर भैलेनी नाच्दैनन् । डेक र स्पिकरमा घन्केका गीतमा हुने नृत्यले न त तिहार सम्झाउँछ न भैलोको कुनै छनक दिन्छ ।

विक्रम संवत्को १४ औँ शताब्दीबाट भैली खेल्ने परम्परा सुरु भएको हो । लोकसाहित्यका जानकार प्राध्यापक डा दीनबहादुर थापा भन्नुहुन्छ, “उ बेलाको बृहत् खस राज्यबाट यो प्रचलन सुरु भएको हो । त्यतिबेला खस राज्यका प्रभावशाली राजा बलिले सामाजिक कामका लागि सेवा भावले चन्दा उठाउन बठाएको कथासँग भैलो जोडिएको छ ।”

उहाँका अनुसार भैलोमा सोरठी गाउने चलन छ । खस राज्यमा गाइने सोरठी पनि दुई प्रकृतिको हुन्थ्यो । मङ्गोल समुदायले ढिलो सोरठी गाउँथे । सोरठीमा जयसिंह राजाको कथा गाइन्थ्यो भने आर्य समुदायले अलि छिटो गाउँथे । आर्य समुदायले राम चरित्रमा आधारित गीत गाउँथे । “ताल, नाच, लय भाव एउटै थियो, मात्रै गीतको गति र विषयवस्तु फरक रहेको पाइन्छ”, थापाले भन्नुभयो, “भैलोसँग कला संस्कृति, परम्परा र समाजसेवा धेरै क्षेत्रसँग जोडिएको छ ।”

अहिले भैलोको मर्म मारेर भैलो खेलिने गरेको थापाको बुझाइ छ । समाजसेवाका लागि दान सङ्कलन गर्न गाइने भैलो अहिले सीमित स्वार्थ पूर्तिका लागि प्रयोग हुने गरेको उहाँले गुनासो गर्नुभयो । “पहिले पनि माग्थे, अहिले पनि माग्छन्, मनोरञ्जनका लागि खेलिने भैलोमा पहिले र अहिलेमा फरक छैन”, थापा भन्नुहुन्छ, “मात्रै पहिले विशुद्ध समाजसेवा र मनोरञ्जनसँग जोडिएको भैलो अहिलेको तडकभडकले कहाँ

पु-यायो ।” भैलोमा आएको विकृति सुधार गर्दै संस्कृतिको संरक्षण गर्नुपर्ने तर्क छ उहाँको । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com