विश्वकै अग्लो बन्जी र स्विङ पर्वतमा सञ्चालन


प्रकाशित मिति : कार्तिक १८, २०७८ बिहीबार

पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको पर्वत सदरमुकाम कुश्मामा साहसिक पर्यटनमा रमाउनेहरूका लागि फेरि अर्को नयाँ खेल थपिएको छ ।  विश्वकै दोस्रो अग्लो बन्जी जम्प र सुपरम्यान शैलीको दोस्रो लामो जिपलाइन रहेको यहाँ अर्को साहसिक खेलका रूपमा ’विश्वकै सबैभन्दा अग्लो’ ‘हाइड्रोलिक स्विङ’ (पिङ ) सञ्चालनमा ल्याइएको हो ।

द हार्नेस प्रालिले कालीगण्डकी नदीमा बन्जी जम्प र जिपलाइनको बीचमा पर्ने गरी पिङ पनि सञ्चालन गरेको हो । सुपरम्यान जिपलाइन १४ सय ८० मिटर लामोे छ ।  ८० लाखको लगानीमा पिङ निर्माण गरिएको कम्पनीका कार्यकारी निर्देशक सुनिलसिंह बानियाँले बताउनुभयो । जमिन बलियो पार्नका फाउन्डेसनमा मात्र  ५० लाख खर्च गरिएको छ । “हामीले रू १५ करोडको लगानीमा जिपलाइन निर्माण गरिरहेका छौँ । यसैको साथमा फेरि  ८० लाखको लगानीमा हाइड्रोलिक स्विङ सञ्चालन ग-यौँ ।

यसले पनि पर्वतको पर्यटनमा अर्को नयाँ आयाम थप्ला भन्ने लागेको छ,” उहाँले भन्नुभयो, “अब पर्वत साहसिक खेलको जिल्लाको रूपमा चिनिएको छ ।” यस्तै खालका स्विङ यसअगाडि युनाइटेड स्टेट, चाइना र साउथ अफ्रिकामा बनेका भए पनि पर्वतमा सञ्चालित स्विङ भने विश्वकै सबैभन्दा अग्लो ५२ फिट उचाइको हुने उहाँको भनाइ थियो ।

नेपालमा अहिलेसम्म सञ्चालनमा रहेका पिङलाई हातले तान्ने वा घिर्नी र डोरीको सहायतामा तानेर छाड्ने खालको रहेकामा हाइड्रोलिक पिङमा भने डोरी र घिर्नी नभई विद्युतीय उपकरण प्रयोग गर्न लागिएको छ ।
उपकरण निश्चित गतिमा चल्ने भएकाले अरू डोरीको पिङजस्तो सुरुमा चर्को र विस्तारै गति कम हुँदै जाने हाइड्रोलिक पिङमा नहुने भएकाले निश्चित समयमा निश्चित पटक मात्रै मच्चिने र हरेक पटक पार गर्ने दूरी पनि बराबर नै हुने ‘द हार्नेस प्रालि’ का अध्यक्ष विदुर पौड्यालले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“यो अटो अपरेटेड स्विङ हो, अरूमा जस्तो गति तलमाथि यसमा हुँदैन । एक मिनेटमा १२ पटक मच्चिने यो पिङ ९० डिग्री कोणसम्म सिधा हुन्छ,” उहाँले भन्नुभयो, यो स्विङमा चिनियाँ प्रविधि र सामाग्री प्रयोग गरिएको छ । नेपालमा यस्ता पिङ नबनेकाले पनि धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई यसले लोभ्याउने आस गरेका छौँ ।”

निर्माण कम्पनीका अनुसार पिङमा एक पटकमा चारजनासम्म बसेर खेल्न मिल्ने छ । पिङ मच्चिएको अवस्थामा कालीगण्डकी किनारमा रहेको डरलाग्दो भीरमाथिको भागमा सिधा भएर बसेको अवस्थामा देख्न सकिन्छ ।
यो पिङ र जिपलाइनको परीक्षणसमेत सफल भएकाले केही दिनभित्रै दुवै साहसिक खेलको औपचारिक तथा व्यावसायिक सुरुवात गर्ने तयारीमा कम्पनी रहेको छ ।

पर्वतमा बढ्दै गएका साहसिक खेलले जिल्लामा पर्यटकको आकर्षण गरिरहेका बेलामा केही दिनमा नै यसलाई पनि व्यावसायिकरूपले सञ्चालनमा ल्याउन लागिएको ती सबैले झनै आकर्षण बढाउने कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।
कुनै बेला बाटो हिँड्नसमेत डर लाग्ने र जति बेलै पनि बाँदरको मात्र बथान देखिने कालीगण्डकीको भीरमा बनेका साहसिक खेल तथा पर्यटकीय गन्तव्यले जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ थियो ।

“जिपलाइन, बन्जी र पिङ अन्यत्र पनि नभएका त कहाँ हुन् र १ तर यहाँको खेलमा छुटृै विशेषता छ, विश्वमै रेकर्ड राख्ने खालका खेल यहाँ खेलिने भएकाले विश्वको ध्यान नेपालमा र त्यसमा पनि पर्वतमा मोडिएको छ,” नगरप्रमुख जोशीले भन्नुभयोे, “स्थानीय तहले नै लगानी गरेर बनाउन यति ठूलो रकम हामीसँग हुँदैन । यस्तै खालका अन्य पर्यटकीय सम्भावना खोजी गरी लगानीको वातावरण तयार पार्नु हाम्रो बाध्यता हो ।”रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com