नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै


प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार

नवलपरासीमा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्वका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द शर्मा भुसालका अनुसार गत साउनदेखि असोज मसान्तसम्म जिल्लाबाट दुई हजार ८८९ ले नयाँ नागरिकता बनाउँदा तीन हजार ८९ ले राहदानी बनाएका छन् । नयाँ नागरिकता लिनेमध्ये महिलाको सङ्ख्या एक हजार ४०१ तथा पुरुषको सङ्ख्या एक हजार ४८८ रहेका भुसालले बताउनुभयो ।

जिल्लाबाट राहदानीका लागि दुई हजार ५३४ वटा सिफारिस गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार राहदानी लिन सिफारिस गरिएकामध्ये पुरुष एक हजार ६५७, महिला ८१२ र नाबालक ६५ जना रहेका छन् । त्यस्तै द्रुतसेवामार्फत राहदानीका लागि पराराष्ट्र मन्त्रालयमा ५४५ वटा सिफारिस गरिएको भुसालले जानकारी दिनुभयो ।

पराराष्ट्रमा सिफारिस गरिएकामध्ये पुरुष ३४६, महिला १८८ र नाबालक ११ जना रहेका छन् । गत वर्षको तुलनामा जिल्लाबाट राहदानी बनाउने बढेका छन् । गत वर्ष कोभिड–१९ का प्रभावका कारण थोरैले नागरिकता बनाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी जिल्लाबाट नयाँ नागरिकता लिनेकै हाराहारीको सङ्ख्यामा नागरिकताको प्रतिलिपि लिनेहरु छन् । सूचना अधिकारी भुसालका अनुसार तीन महिनाको अवधिमा दुई हजार ८८३ ले नागरिकताको प्रतिलिपि निकालेका छन् । प्रतिलिपि लिनेमा पुरुष एक हजार ५०६ जना तथा महिला एक हजार ३१७ रहेका छन् । पहिले बनाएको नागरिकता हराएको, चोरी भएको, सच्याउनुपर्ने जस्ता कारण देखाई नागरिकताको प्रतिलिपि लिने गरेका भुसालले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com