चीन सरकारद्वारा १६ लाख मात्रा खोप प्रदान,अहिलेसम्म कति आयो चीनबाट खोप ?


प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार

sf7df8f}F, !& sflQsM rLgåf/f vf]k x:tfGt/0f rLg ;/sf/n] g]kfn ;/sf/nfO{ cg’bfg:j?k k|bfg u/]sf] sf]le8–!( lj?4sf] !^ nfv dfqf vf]k :jf:Yo tyf hg;ªVofdGqL lj/f]w vltj8fnfO{ x?tfGt/0f ub}{ g]kfnsf nflu lrlgof /fhb”t xp ofG5L . tl:a/ M k|bLk/fh jGt÷/f;;

चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज काठमाण्डौँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गर्नुभएको हो ।

मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धमा एउटा इँटा थप भएको बताउनुभयो । “हामीले चीनबाट पाउँदै आएको सहायताको निरन्तरताअन्तर्गत अहिलेको परिस्थितिमा १६ लाख मात्रा खोप अनुदान स्वरुप प्राप्त गरेका छौैँ”, उहाँले भन्नुभयो, “यस वर्षभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप लगाई सक्ने लक्ष्यअनुरुप नेपालले कार्य गरिरहँदा चीन सरकारबाट प्राप्त सहयोग तथा सहजीकरण अत्यन्तै सहयोग हुने छ ।” मन्त्री खतिवडाले कोभिड–१९ को सुरुआती अवस्थादेखि चीन सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएकोमा धन्यवादसमेत व्यक्त गर्नुभयो ।

नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीनले उपलब्ध गराएको खोपले नेपालको खोप अभियानमा सहयोग पुग्ने बताउनुभयो । उहाँले महामारीको विरुद्धमा एक देशले अर्को देशलाई एक आपसमा रेखदेख र सहयोगले दुई देशबीच थप मित्रता अझ प्रगाढ हुने बताउनुभयो ।

उहाँले चिनियाँ सेनाले नेपाली सेनालाई तीन लाख मात्रा खोप उपलब्ध गराउनेसमेत जानकारी दिनुभयो । उक्त तीन लाख मात्रा खोप शुक्रबार नेपाल आइपुग्ने छ । यस्तै नेपाललाई थप ३० लाख मात्रा खोप अनुदान उपलब्ध गराउने बारेमा पनि छलफल भइरहेको उहाँको भनाइ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनबाट हालसम्म एक करोड ५९ लाख मात्र खोप नेपाल आइसकेको र त्यसमध्ये ३४ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो । उहाँले एसियाली विकास बैंकको लगानीमा खरिद गरिएको ५९ लाख मात्रामध्ये १० लाख २० हजार मात्रा नेपाल आइसकेको र बाँकी मात्रा आउने प्रक्रियामा रहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com