सिमाक्षेत्रमा बिछोडिएका परिवारलाई साढे ४ लाख डलरका दरले दिनेबारे विचार गर्दै बाइडेन प्रशासन


प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार

सिमाक्षेत्रमा बिछोडिएका परिवारलाई साढे ४ लाख डलरका दरले रकम दिनेबारे बाइडेन प्रशासनले विचार गरिरहेको जनाइएको छ । ट्रम्प प्रशासनको पालामा अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा अलगथलग पारिएका परिवारलाई उक्त रकम दिनेबारे बाइडेन प्रशासनले आन्तरिक तयारी गरिरहेको छ ।

हरेक परिवारलाई साढे ४ लाख डलरका दरले रकम प्रदान गर्दा १ बिलियन डलर खर्च हुने जनाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिस, होमल्याण्ड सेक्युरिटी र हेल्थ एण्ड ह्युमन सर्भिसले उक्त रकम प्रदान गर्नेबारे तयारी गरिरहेका छन् । उनीहरुले ट्रम्प प्रशासनका पालामा बुबाआमा र बालबालिकाहरु अलगथलग पार्दा मानसिक चोट परेकोबारे मुद्दा समाधानको प्रयास गरिरहेका छन् ।

अधिकांश परिवारमा बुबाआमामध्ये एकजना र एकजना बच्चाहरु गैरकानूनी रुपमा सिमा पार गरेका र विछोडिएकाहरु रहेका छन् । उनीहरुले सानो रकम पाउनसक्ने जनाइएको छ । ट्रम्प प्रशासनका पालामा झण्डै ५५ सय बालबालिकाहरु अलगथलग भएको रिपोर्ट भएतापनि क्षतिपूर्ति पाउने परिवारहरु भने त्यो भन्दा कम हुने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको शुन्य सहनशीलता नीति अन्तरगत सन् २०१८ को अप्रिलबाट सिमाक्षेत्रमा परिवारहरु अलग अलग भएका थिए । ट्रम्पकालिन नीतिले बालबालिकासहित सिमाक्षेत्रबाट गैरकानूनी रुपमा प्रवेश गर्ने लगायत सबै बयस्कहरुलाई कारवाहीको दायरमा ल्याएको थियो । सोही क्रममा परिवारहरु अलग अलग बनाइएको थियो ।

बयस्कहरुसँग प्रवेश गरेका बालबालिकाहरुलाई बुबाआमा वा अभिभावकबाट अलग बनाएर हेल्थ एण्ड ह्युमन सर्भिसको छुट्टै हिराशतमा राखिएको थियो । कतिपय परिवारहरु पुनर्मिलनविना नै देशनिकालामा परेका थिए । ट्रम्पले यो नीति सन् २०१८ को जुन २० मा कार्यकारी आदेश मार्फत समाप्त गरेका थिए ।

यो नीतिबिरुद्धको मुद्दामा यसरी परिवारहरु अलग गराइदा मानसिक चोट परेको दावी गरिएको छ । मुद्दामा बुबाआमाबाट लामो समय अलग बनाएर हिराशतमा राखिदा बालबालिकाहरुलाई दीर्घकालिन रुपमा चोट परेको भन्दै हरेक परिवारका लागि ३४ लाख डलरका दरले क्षतिपूर्ति मागिएको छ । वकिल र परिवारहरु नोभेम्बरको अन्तिमसम्ममा रकमबारे एउटा सहमतिमा पुग्ने अपेक्षा गरिएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com