सिमाक्षेत्र नजिक भेटिए अमेरिका छिराउन ३ वटा कार्गो ट्रकमा लोड गरिएका ६५२ आप्रवासी


प्रकाशित मिति : आश्विन २६, २०७८ मंगलबार

अमेरिका र मेक्सिकोको सिमाक्षेत्र नजिकै ३ वटा ट्रकमा रहेका ६५२ जना आप्रवासीहरुलाई मेक्सिकन अधिकारीहरुले नियन्त्रणमा लिएर हिराशतमा राखेका छन् । उनीहरु विना भिसा गैरकानूनी रुपमा अमेपरिका प्रवेशका लागि ट्रकमा लोड गरिएका थिए ।

मेक्सिकोको तमौलीपास राज्यको राजमार्गमा रहेको सैन्य चेकप्वाइन्ट नजिकै उनीहरु भेटिएका थिए । मेक्सिकोबाट अमेरिकाको सिमाक्षेत्रतिर अगाडि बढ्दै गरेको उक्त ट्रक अमेरिका छिर्ने विभिन्न स्थानहरुतिर लगिदै गरेको अधिकारीहरुले बताएका छन् ।

उनीहरुलाई सेता रेफ्रिजिरेटेड ट्रकहरुमा राखिएको थियो । उनीहरुमध्ये ३५० जना बालबालिकाहरु रहेको जनाइएको छ । अधिकांश बालबालिकाहरुका कुनै अभिभावकहरु थिएनन् । यसरी आउनेहरु अधिकांश ग्वाटेमालाका रहेको जनाइएको छ । ५६४ जना ग्वाटेमालाका र अन्य होण्डुरस, एल साल्भाडोर, निकारागुवा र बेलिजका रहेको जनाइएको छ ।

अधिकारीहरुले ती ट्रकका तालाहरु काट्नका लागि राज्य प्रहरी समक्ष लगेका थिए । ट्रकभित्र रहेका ४० जना कुपोषण र जलवियोजनको शिकार भएको पाइएको छ । ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरेको छ । तर उनीहरु मानव तस्करीमा संलग्न भए नभएकोबारे केही खुलेको छैन ।

केही दिन अगाडिमात्र गैरकानूनी रुपमा विना भिसा अमेरिका प्रवेशका लागि हिडेका नेपालीहरुसहितका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा एक कन्टेनरबाट उद्दार गरिएको समाचार आएको थियो । सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका उनीहरुलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको थियो ।

कन्टेनरभित्र अलपत्र छाडिएपछि उनीहरु चिच्याएका थिए । उक्त आवाज स्थानीयबासिले सुनेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि प्रहरी आएर उनीहरुको उद्दार गरेको हो । गैरकानूनी रुपमा अमेरिका छिराउन उनीहरुबाट दलालहरुले मोटो रकम लिएपनि अलपत्र छाडिदिएका थिए ।

उक्त कन्टेनरमा नेपालीहरु ११ जना रहेको जनाइएको छ । अधिकांश हैटीका नागरिकहरु रहेको जनाइएको छ । कन्टेनरबाट कराएको र ढकढक गरेको आवाज सुनेपछि कन्टेनरको ढोका खोल्दा १२६ कागजपत्रविहिन फेला पारेको प्रहरीको भनाई छ ।

उनीहरूलाई होन्डुरसको सीमामा पुर्‍याएर त्यहाँका निकायहरूलाई जिम्मा लगाइने जनाइएको छ। नेपालीहरु दलाललाई मोटो रकम बुझाएर गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्दै आएका छन् । उनीहरुमध्ये कैयन अमेरिका पुगेपछि तीब्र गतिको देशनिकालामा पर्ने गरेका छन् । यसरी देशनिकालामा परेका कैयन नेपालीहरुलाई अमेरिकी सरकारले विमान नै चार्टड गरेर समेत पठाउने गरेको छ ।

जोखिम उठाएर यसरी गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने क्रममा कैयनको मृत्यु समेत हुने गरेको छ ।

अमेरिका जानेक्रममा पानामा जंगल पार गर्दा सन २०२१ सुरु भएयतामात्र ५० भन्दा बढी आप्रवासीहरुको मृत्यु भएको छ। यसरी ज्यान गुमाउनेहरुमा बालबालिका तथा गर्भवती महिलाहरु पनि रहेका छन।

यो आंकडा अघिल्लो बर्षहरुको तुलनामा धेरै उच्च रहेको छ। अमेरिका जानेक्रममा पानामा र कोलम्बियाको सीमामा रहेको जंगल कोरीडोरको यात्रा सबैभन्दा खतरनाक चरण मानिन्छ। आप्रवासीहरुले जंगलमा सर्पका साथै अन्य जनाबरबाट समेत बच्नु पर्दछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com