अमेरिकी दूतावास काठमाडौंका कन्सुलरबाट विद्यार्थी, भिजिटर, आप्रवासी र डाइभर्सिटी भिसाबारे ४ जानकारी


प्रकाशित मिति : आश्विन ७, २०७८ बिहीबार

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले फेसबुक पेजमा गरेको भिसा च्याटका क्रममा कन्सुलर अफिसरले विभिन्न ४ वटा विषयमा जानकारी दिएका छन् । फेसबुक प्रयोगकर्ताहरुले भिजिटिर भिसा, विद्यार्थी भिसा, डाइभर्सिटी भिसा र परिवारमा आधारित आप्रवासी भिसाबारे जिज्ञासाहरु राखेका थिए ।

अमेरिकाको नियमित भिजिटर भिसा कहिलेदेखि खुल्छ ? भनेर प्रश्न गर्नेहरुको संख्या उल्लेख्य रहेको छ । कन्सुलर अफिसरले अहिले अमेरिकी दूतावास काठमाडौंले आपतकालिन र मेडिकल उद्देश्यका लागिमात्र भिजिटर भिसा जारी गरेको र त्यसका लागि आपतकालिन अप्वाइन्टमेन्टको अनुरोध गर्न सकिने जानकारी दिएका छन् ।

त्यस्तै डिभी लोटरी २०२१ को भिसा जारी गर्ने अवधि झण्डै एकसातामात्र बाँकी रहँदा कन्सुलर अफिसरले आफूहरु अदालतको आदेशबारे सचेत रहेको तथा सेप्टेम्बर ३० सम्म डिभी आवेदनको प्रकृया तीब्र पार्न सत्प्रयासका साथ प्रयासरत रहेको जानकारी दिएका छन् । सिमित साधनश्रोत, महामारीका कारण उत्पन्न सिमाहरु र मुलुकको अवस्थाको अधिनमा रहेर आफूहरुले कानूनले तोके अनुशारको श्रेणी क्रममा डिभीका केसहरु प्रकृयामा लैजाने उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै विद्यार्थी भिसा सुचारु गरिएको कन्सुलर अफिसरले जानकारी दिएका छन् । विद्यार्थी भिसाका अन्तरवार्ता अप्वाइन्टमेन्टहरु सुचारु गरेको तथा वेवासाइटमार्फत त्यस्ता अप्वाइन्टमेन्टहरु तय गर्न सकिने उनले जानकारी दिए । काठमाडौंको दूतावासले सिमित संख्यामामात्र अप्वाइन्ट उपलब्ध गराएपछि कैयन नेपाली विद्यार्थीहरुले विगतमा अमेरिकी दूतावास दिल्लीबाट विद्यार्थी भिसा लिएका थिए ।

त्यस्तै कैयन फेसबुक प्रयोगकर्ताहरुले परिवारमा आधारित आप्रवासी भिसाका बारेमा प्रश्नहरु सोधेका छन् । अमेरिकी नागरिकका परिवारलाई दूतावासले प्राथमिकता दिएपनि ग्रिनकार्डबाहकका परिवारलाई कम प्राथमिकता दिएपछि यस्ता प्रश्नहरु आएका हुन् । कन्सुलर अफिसरले परिवारमा आधारित आप्रवासी भिसाहरु उच्च प्राथमिकतामा रहेको जानकारी दिएका छन् । क्षमताले भ्याएसम्म आप्रवासीभिसाहरु प्रकृयामा लगिरहेको र भिसाको ब्याकलग घटाउन यथाशक्य छिटो काम गरिरहेको उनले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com