निक्षेप र कर्जाको ब्याजदर बृद्धि, निक्षेपकर्तालाई नाफा ऋणीलाई भार: कुन बैंकको ब्याजदर कति?


प्रकाशित मिति : आश्विन १, २०७८ शुक्रबार

नेपालका वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरी निक्षेप र कर्जा दुवैको ब्याजदर बढाएका छन् । ‘बजेट होलिडे’ चलिरहदा बजारमा पैसा कम भएको भन्दै बैंकहरूले सार्वजनिक सूचना नै जारी गर्दै निक्षेप तथा कर्जा दुवैको ब्याज बढाएका हुन् ।

ब्याजदर परिवर्तनसंगै निक्षेपकर्तालाई नाफा भएको छ भने बैंकबाट ऋण लिनेलाई ब्याजको भार थपिएको छ । भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूले औसत १ देखि २ प्रतिशतसम्म ब्याजदर बढाएका छन् । सबैभन्दा बढी सनराइज बैंकले एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १० दशमलव ०७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकिङ प्रणालीमा नै लगानीयोग्य रकम जम्मा १८ अर्ब रुपैया रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो रकम तरलताको चरम अभावजस्तै हो । यही अभावलाई हेरेर  राष्ट्र बैंकले २० अर्ब रुपैया बजार पठाएको छ । त्यसले अभावलाई केही सहजता दिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंकमा पठाएको उक्त रकम भने १४ दिनको लागि मात्रै हो । असोज १४ गते बैंकहरूले त्यो रकम फिर्ता गर्नुपर्ने हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुन बैंकको कति पुग्यो ब्याजदर?

नबिल बैंकले साधारण निक्षेपमा ४ दशमलव २६ देखि ६ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने भएको छ। मुद्दती निक्षेपमा पैसा राख्नेलाई बैंकले ६ दशमलव ५१ प्रतिशतदेखि ९ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने बताएको छ।

नबिलको बैंकको आधार दर ५ दशमलव ५२ प्रतिशत छ। यसअनुसार आधारदरमा १ दशमलव ५ देखि ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याज लिने बताएको छ। योसँगै ऋणीले कर्जामा ११ दशमलव ५२ प्रतिशतसम्म ब्याज दिनुपर्ने हुनसक्छ।

त्यस्तै  सानिमा बैंकले साधारण निक्षेपमा ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने सूचना जारी गरेको छ। बैंकले मुद्दती निक्षेपमा ७ देखि १० दशमलव ०१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ।

बैंकको आधार दर ६ दशमलव १४ प्रतिशत छ। कर्जातर्फ बैंकले आधारदरमा ७ प्रतिशत ब्याज लिने जनाएको छ। जसअनुसार कर्जामा १३ दशमलव १४ प्रतिशतको ब्याजदर पर्नेछ।

राष्ट्रिय वाणिज्य बैंकले  साधारण बचतमा ३ दशमलव ०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ।

बैंकले मुद्दती निक्षेपमा ८ दशमलव ०६ प्रतिशतसम्म ब्याज दिनेछ। बैंकको आधारदर ५ दशमलव ४१ प्रतिशत छ। बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याज लिनेछ। यसअनुसार कर्जामा अधिकतम ब्याजदर ८ दशमलव ४१ प्रतिशत छ।

त्यस्तै कृषि विकास बैंकले साधारण बचतमा ३ दशमलव ५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ। बैंकले मुद्दती निक्षेपमा ८ दशमलव ६० प्रतिशतसम्म ब्याज दिने बताएको छ।

बैंकको आधार दर ७ दशमलव १३ प्रतिशत छ। यसअनुसार २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जाको ब्याजदर दिने बताएको छ। योअनुसार बैंकको कर्जा १२ दशमलव १३ प्रतिशतसम्म गर्नेछ।

नेपाल एसबीआई बैंकले साधारण निक्षेपमा ३ दशमलव ५५ प्रतिशत ब्याज दिने बताएको छ। मुद्दती निक्षेपमा भने एभरेष्ट बैंकले ४ दशमलव ५ प्रतिशतदेखि ८ दशमलव ५५ प्रतिशतसम्म दिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

बैंकको आधार दर ७ दशमलव ३७ प्रतिशत छ। कर्जामा सोही आधार दरमा १ दशमलव ५ प्रतिशतदेखि ५ प्रतिशतसम्म जोडेर कर्जा दिने बताएको छ। यसअनुसार कर्जा लिनेलाई १२ दशमलव ३७ प्रतिशतसम्म ब्याज पर्नेछ।

सनराइज बैंकले साधारण बचतमा ५ दशमलव ०७ प्रतिशत ब्याज दिने बताएको छ। मुद्दती निक्षेपमा भने बैंकले ५ दशमलव ०७ प्रतिशतदेखि १० दशमलव ०७ प्रतिशतसम्म दिने सूचना बैंकले जारी गरेको छ।

बैंकको आधार दर ७ प्रतिशत छ। कर्जाको ब्याजदर भने आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने बताएको छ। यसअनुसार बैंकको कर्जाको ब्याज १३ प्रतिशतसम्म पर्नेछ।

एभरेष्ट बैंकले साधारण निक्षेपमा ३ दशमलव ६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ६ दशमलव ५० प्रतिशतदेखि ८ दशमलव ६१ प्रतिशतसम्म ब्याज दिने बताएको छ।

बैंकको आधारदर ५ दशमलव ८५ प्रतिशत छ। बैंकले कर्जा ३ देखि ८ प्रतिशतसम्म आधार दर जोडेर कर्जा दिने बताएको छ। यसअनुसार बैंकको अधिकतम ब्याजदर १४ प्रतिशतसम्म पर्नेछ।

सेञ्चुरी बैंकले पनि साधारण बचतमा ४ दशमलव २५ प्रतिशतदेखि ६ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने बताएको छ। मुद्दती निक्षेपमा भने बैंकले ८ प्रतिशतदेखि ९ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ।

बैंकको आधारदर ७ दशमलव ५५ प्रतिशत छ। बैंकले कर्जामा आधारदरमा ४ दशशमलव ५० प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम ब्याज लिने जनाएको छ। यसअनुसार बैंकको कर्जामा ब्याज १३ दशमलव ५५ प्रतिशतसम्म पर्नेछ।

नेपाल बंगलादेश बैंकले बचतमा ३ दशमलव ७६ देखि ४ दशमलव ७६ प्रतिशतसम्म ब्याज दिने भएको छ। मुद्दती निक्षेपमा बैंकले ८ दशमलव ७६ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ।

एनएमबी बैंकले साधारण बचतमा ४ दशमलव ५२ प्रतिशतदेखि ६.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ। मुद्दती निक्षेपमा बैंकले ९ दशमलव ०२ प्रतिशतसम्म ब्याज दिने बताएको छ। त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचतमा २ देखि ४ दशमलव ५ प्रतिशत र मुद्दती निक्षेपमा ७ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने भएको छ।

हिमालयन बैंकले साधारण निक्षेपमा ४ दशमलव २५ प्रतिशतदेखि ६ दशमलव १५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । प्रभु बैंकले साधारण निक्षेपमा ३ दशमलव २५ देखि ५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ८ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने बताएको छ।

माछापुच्छ्रे बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ। बैंकले मुद्दती निक्षेपमा ८ दशमलव २५ प्रतिशतदेखि ८ दशमलव ७५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । एनसीसी बैंकले साधारण निक्षेपमा ४ दशमलव २६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने बताएको छ। बैंकले मुद्दती निक्षेपमा ९ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ।

सिभिल बैंकले साधारण निक्षेपमा ४ दशमलव २५ प्रतिशतदेखि ६ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने बताएको छ। बैंकले मुद्दती निक्षेपमा ७ दशमलव ५५ देखि ९ दशमलव २५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ। प्राइम बैंकले साधारण निक्षेपमा ४ दशमलव ७६ देखि ५ दशमलव ७६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ। बैंकले मुद्दती निक्षेपमा ८ देखि ९ दशमलव ७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

ग्लोबल आईएमई बैंकले साधारण निक्षेप ४ दशशमलव ५ प्रतिशत दिने उल्लेख छ। बैंकले मुद्दतीमा ८ दशमलव ८० प्रतिशतदेखि १० दशमलव ५० प्रतिशत ब्याज दिने भएको छ। कर्जामा भने बैंकको आधार दर ६ दशमलव ६० प्रतिशतमा प्रिमियम जोडेर ब्याज लिनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com