ह्वाइटहाउसमा २१ आप्रवासीलाई नागरिकता वितरण, अमेरिका छानेकोमा बाइडेनले दिए धन्यवाद


प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज ह्वाइट हाउसमा अमेरिकी नागरिकता लिने २१ जनाका लागि नागरिकता वितरण समारोह गरेका छन् । स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा यो नागरिकता वितरण समारोह गरिएको हो ।

राष्ट्रपति बाइडेनले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाएका हुन् । बाइडेनले भने – ‘यो तपाईहरुजस्ता आप्रवासीहरुको सपना हो जसले अमेरिकाको निर्माण गर्दछ र नयाँ उर्जा, नयाँ जीवनशक्तिप्रवाह निरन्तर गर्दछ । अमेरिका छान्नुभएकोमा धन्यवाद ।’

समारोहमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले आफ्ना बुबाआमा अमेरिकामा शरणार्थीका रुपमा आएको कथा सुनाएका थिए । नयाँ नागरिकहरुलाई सपथग्रहण गराइसकेपछि उनले भने – ‘आज हाम्रो देश अझ राम्रो छ किनभने यसको पहिचान तपाईहरुका कारण आप्रवासीका देशका रुपमा अझ बलियो छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुलाई ४ अर्थात् स्वतन्त्रता दिवसको अवशरमा अमेरिकामा ९ हजार ४ सय जनालाई नागरिकता प्रदान गरिदै छ ।  त्यसका लागि १७० वटा नागरिकता वितरण समारोहहरु आयोजना गरिएको युएससीआईएसले जनाएको छ । जुन ३० देखि जुलाई ७ को बीचमा नागरिकता वितरण समारोहहरु तय भएका छन् । ह्वाइटहाउसको कार्यक्रम यी मध्येको एक हो ।

यी समारोहहरुबाट आप्रवासीहरुलाई स्वागत गर्ने अमेरिकाको प्रतिबद्धता स्पष्ट हुने युएससीआईएसले बताएको छ । अमेरिकाको २४५ औं जन्मदिनका अवशरमा अमेरिकाभर विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरिदैछ । सन् १७७३ मा अमेरिकी संसदले स्वतन्त्रताको घोषणापत्र स्वीकार गरेको थियो भने संयुक्त राज्य अमेरिकाको घोषणा गर्दै १३ वटा अमेरिकन उपनिवेशहरुलाई बेलायती साम्राज्यबाट मुक्त गरेको थियो ।

अमेरिकी नागरिकताको लागि हुने परीक्षाका लागि पढनुपर्ने सामाग्रीहरु ।

युएससीआईएसले यो अवशरमा हरेक बर्ष स्वतन्त्रता दिवशको मर्मसहितका नागरिकता वितरण समारोहहरु आयोजना गरेर मनाउदै आएको छ ।

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि विभिन्न योग्यताहरु पूरा गरेको हुनुपर्छ । सामान्यतया ग्रिनकार्ड प्राप्त गरेको ५ बर्षपछि अमेरिकी नागरिकताका लागि योग्य हुनसक्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड प्राप्त गर्नेहरु ३ बर्षमै नागरिकताका लागि योग्य हुनसक्छन् भने अमेरिकी सेनामा कार्यरतहरु तुरुन्तै योग्य हुनसक्छन् ।

विगतमा ट्रम्प प्रशासनले अमेरिकी नागरिकताको प्रश्नप्रणालीमा परिवर्तन गरेपनि बाइडेन प्रशासनले विगतकै प्रश्नप्रणाली लागु हुनेगरी ट्रम्प प्रशासनले लागु गरेको प्रश्नप्रणाली खारेज गरिसकेको छ । जस अनुशार सन् २००८ मा लागु भएको प्रश्नप्रणाली अनुशार नै परीक्षा दिएर अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ ।

अमेरिकी पासपोर्ट

गतबर्षपनि युएससीआईएसले नागरिकता वितरण समारोहहरु आयोजना गरेर स्वतन्त्रता दिवस मनाएको थियो । तर कतिजनालाई नागरिकता वितरण गरियो भन्नेबारे केही बताइएको थिएन । सन् २०१९ मा भने झण्डै ७५ सयलाई अमेरिकी नागरिकता वितरण गरेर स्वतन्त्रता दिवस मनाइएको थियो ।

सन् २०१८ स्वतन्त्रता दिवसको अवशरमा झण्डै १४ हजार आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो भने सन् २०१७ मा झण्डै १५ हजारलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com