जुलाई १ बाट नेपालबाट नियमित अन्तर्राष्ट्रिय उडानलाई प्राथमिकता, कुन कुन देशमा कति उडान ?


प्रकाशित मिति : असार १६, २०७८ बुधबार

मन्त्रिपरिषद्को निर्णयपछि नेपाल सरकारले अघिल्लो साताबाट सीमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरूको निम्ति अनुमति प्रदान गरेपनि पहिलेजस्तै नियमित उडानका लागि भने केहीसमय लाग्ने देखिएको छ । जुलाई १ बाट नियमित उडानहरूलाई बढी प्राथमिकतामा राखिने भएको छ भने चार्टड उडानहरु कम हुँदै जाने देखिएको छ ।

जुलाई १ बाट हप्तामा बुधवार र शुक्रवार भारतको दिल्लीका लागि उडान हुनेछ भने आइतवार, सोमवार, बुधवार र शनिवार कतारको दोहाका लागि नेपाल वायुसेवा निगम र कतार एयरवेजको उडान हुनेछ।

दुबईका लागि साताको तीनवटा र सारजाह विमानस्थलमा एउटा उडान हुनेछ भने साउदी अरेबियाको दमाम विमानस्थलमा हिमालय एअरलाइन्सको दुईवटा उडान हुनेछन् । त्यस्तै कुवेतमा पनि दुईवटा उडान सञ्चालन गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओमानको मस्कटमा एउटा, मलेशियाको क्वालालम्पुरमा साताको तीनवटा र जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा उडान हुने भएको छ । टर्कीको इस्तानबुलमा दुईवटा उडान हुनेछन् ।

नेपालमा कोरोनाभाइरसको डेल्टा प्लस भेरिअन्ट देखा परेको भन्दै टर्कीले नेपालसहित सातवटा देशबाट अर्को सूचना नभएसम्मका लागि त्यहाँका हवाई यात्रीलाई आफ्नो देशमा प्रवेश नदिने जनाएपनि ट्रान्जिटमा भने समस्या नहुने जनाइएको छ ।

चीनका एयरलाइन्सले उडान तालिका माग्दै निवेदन नदिएको र सिङ्गापुरले पनि उडानका लागि प्रयास नगरेको जनाइएको छ ।

क्वारेन्टीनको मापदण्डमा परिवर्तन

नेपाल आउनेहरुका सन्दर्भमा क्वारन्टीनको मापदण्डमा कोभिड नेगेटिभ रिपोर्ट भएका र खोप लगाएका व्यक्तिहरूका लागि नयाँ व्यवस्था गरिएको छ । पूरा मात्रा खोप लगाएको वा पीसीआर नेगेटिभ प्रमाणित भएको पुष्टि हुने आधिकारिक प्रमाण जनाउने कागजपत्रसहित नेपाल आउने व्यक्तिहरूले अनिवार्य रूपमा घरमा नै १० दिन क्वारन्टीनमा बस्न मिल्ने निर्णय गरिएको छ। उनीहरु सिधै घर जान पाउनेछन् ।

आफन्तको अन्तिम संस्कारमा सहभागी हुन आएका व्यक्तिहरू, अस्पताल र वडा कार्यालयको सिफारिससहित नेगेटिभ एन्टीजन प्रमाणपत्र भएका व्यक्तिहरू, आधिकारिक सिफारिस सहितका सरकारी कर्मचारी र कूटनीतिक नियोगका अधिकारी लगायतलाई १० दिन घरमा बस्न मिल्नेगरी जान दिइनेछ । अन्यले सात दिनको होटल बुकिङको प्रमाण देखाउनुपर्छ भने उनीहरु होटल क्वारेन्टीनमा बस्नुपर्छ ।

होटेल क्वारन्टीन र घरमै क्वारन्टीनमा बसेका व्यक्तिलाई नेपाल प्रवेश गरेको सात र ११ दिनमा पीसीआर परीक्षण गराउन भनिएको छ भने नियम मिच्नेलाई कोभिड१९ सङ्कट व्यवस्थापन अध्यादेशअन्तर्गत कारबाही गरिने चेतावनी दिइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com