२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

फाइजर वा मोडेर्ना भ्याक्सिनले कोरोनाबिरुद्ध जीवनभर संरक्षण प्रदान गर्नसक्ने नयाँ अध्ययनको विश्वास

कोरोनाबिरुद्धको एमआरएनए भ्याक्सिन फाइजर वा मोडेर्नाले कोरोनाबिरुद्ध जीवनभरसम्म संरक्षण प्रदान गर्नसक्ने विश्वास शोधकर्ताहरुले गरेका छन् । एकपटक कोरोना संक्रमण भएर निको भएपछि फाइजर वा मोडेर्नाको भ्याक्सिन लगाएकाहरुलाई जीवनभर संरक्षण प्रदानगर्नसक्ने शोधकर्ताहरुले बताएका छन् ।

कोरोना संक्रमण नहुँदै फाइजर र मोडेर्नाको भ्याक्सिन लगाएकाहरुलाई पनि ती भ्याक्सिनको फर्मुलाले बर्षौसम्म कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्नसक्ने अध्ययनले पत्ता लगाएको छ । तेश्रो बुस्टर शटका बारेमा चर्चा भइरहँदा एमआरएनए प्रविधिबाट बनेका फाइजर वा मोडेर्ना भ्याक्सिन लगाएकाहरुलाई नयाँ अध्ययनले बुस्टर शट नचाहिने संकेत गरेको छ ।

शोधबारे विस्तारमा यहाँ पढ्नुहोला ।

अमेरिकाको वासिंटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका शोधकर्ताहरुले यी भ्याक्सिनहरुले व्यक्तिमा कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न स्थीर प्रकारको इम्युन प्रणाली विकाश गर्ने पत्ता लगाएका हुन् । भ्याक्सिन लगाएकाहरुको सेल अध्ययन गर्दा ती सेलहरुले कसरी कोरोनाको भाइरसबिरुद्ध निरन्तर लड्ने भन्ने अभ्यास गरिरहेको पाइएको र पहिलो डोज लगाएको झण्डै ४ महिनापछि पनि ती सेलहरु उत्तिकै सकृय रहेको पाइएको छ ।

शोधको पूर्णपाठ पीएफएमा पढ्नुहोस् ।

सेन्ट लुइसमा वासिंटन युनिभर्सिटीका इम्युनोलोजिस्ट डाक्टर अलि अल्बेदीले भ्याक्सिन लगाएको ४ महिनापछि पनि कोरोनाबिरुद्धको प्रतिकृया निरन्तर हुनु सकारात्मक संकेत भएको बताएका छन् । कोरोना संक्रमण भइसकेकालाई भ्याक्सिनले जीवनभर संरक्षण प्रदान गर्नसक्ने शोधकर्ताहरुको विश्वासले एकपटक संक्रमण भइसकेकाहरुले पनि किन भ्याक्सिन लगाउन आवश्यक छ भन्ने विषयको महत्वलाई बढाएको छ ।

उक्त शोध नेचरमा प्रकाशित भएको छ । यो शोधमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन भने समावेश छैन । जोन्सन एण्ड जोन्सन भ्याक्सिन एमआरएनए प्रविधिबाट नबनेकाले यसको प्रभाव लामोसमय नहरने शोधकर्ताहरुको विश्वास रहेको छ । धेरैले भ्याक्सिन लगाउँदा कोरोना फैलिने र नयाँ नयाँ प्रकार देखिने स्थीति कम हुँदै जाने शोधकर्ताहरुको विश्वास छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

भाइरसले दोहोरिएर संक्रमण हुने मौका नपाएको खण्डमा नयाँ नयाँ भेरियन्टहरु विकाश नहुने अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले बताएका छन् । उनले भनेका छन् यदि तपाईले भाइरसलाई व्यक्तिबाट व्यक्तिमा संक्रमण हुँदै दोहोरिने मौका दिनुभएको खण्डमा तपाईले भाइरसलाई नयाँ नयाँ भेरियन्टमा विकाश हुने मौका दिनुभएको छ । जसले भ्याक्सिनलाई समेत जित्नसक्ने खतरा रहन्छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →