२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

नेपाललाई भ्याक्सिन पठाउनेबारे अमेरिकी विदेश मन्त्रालय: ‘जटिल परिचालन चुनौती’

सोमबार अमेरिकाले पाकिस्तानलाई २५ लाख डोज भ्याक्सिन पठाएको छ भने पेरुलाई पनि २० लाख डोज भ्याक्सिन पठाएको छ । तर नेपाललाई पठाउने भनेको भ्याक्सिन भने अमेरिकाले अझै पठाएको छैन । जुन को पहिलो साता  २५ मिलियन डोजबाट नेपाललाई समेत भ्याक्सिन दिने घोषणा गरेको अमेरिकाले जुनको तेश्रो साथा बाँकी ५५ मिलियन डोजबाट पनि नेपाललाई थप भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको थियो ।

अमेरिकाले विश्वका विभिन्न देशलाई पहिलो चरणमा दिने प्रतिवद्धता जनाएको ८० मिलियन डोज भ्याक्सिन जुनको अन्तिमसम्म छुट्याउने घोषणा गरेको थियो । तर नेपालले अमेरिकाबाट भ्याक्सिन प्राप्त गर्न जुलाईसम्म कुनुपर्ने अवस्था देखिएको छ । नेपालले अमेरिकाबाट कहिले र कति भ्याक्सिन पाउनेछ ? यसबारे खसोखासले अमेरिकी विदेशमन्त्रालय समक्ष जिज्ञासा राखेको थियो ।

विदेश मन्त्रालयका प्रवक्ताले खसोखासका प्रधानसम्पादक किशोर पन्थीलाई दिएको जानकारी अनुशार अमेरिकाले आगामी केहीसाताभित्रै नेपाललाई भ्याक्सिन पठाउनेछ । तर कति डोज भ्याक्सिन उपलब्ध गराउने भन्नेबारे केही खुलाएको छैन । विदेश मन्त्रालयका प्रवक्ताले भने – ‘नियामक आवश्यकताहरु र लजिस्टिक विवरणहरुमार्फत सुरक्षित तरिकाले भ्याक्सिनका डोजहरुको स्थानान्तरण सुनिश्चित गर्न कोभ्याक्स र सम्बन्धिन देशसँगको समन्वयमा आगामी साताहरुमा भ्याक्सिन पठाउन प्रशासनले सकेसम्म चाँडो कदम चाल्नेछ ।’

नेपालमा सुरक्षित तरिकाले भ्याक्सिन पठाउनका लागि काम गरिरहेको तर्फ अमेरिकी विदेश मन्त्रालयले संकेत गरेको छ । भ्याक्सिन पठाउने काममा जटिल परिचालन चुनौती रहेको प्रवक्ताको भनाई छ । मेडिकल एजेन्सीहरुले सुरक्षा र नियामक सुचनाहरु शेयर भएको सुनिश्चित गर्न समन्वय गरिरहेको, आपूर्ति टिमले निडल, सिरिन्ज र अल्कोहोल प्याडहरु जुटाइरहेको प्रवक्ताले जानकारी दिएका छन् ।

प्रवक्ताका अनुशार ट्रान्सपोर्टेशन टिमले उचित तापक्रममा भण्डारणको व्यवस्था सुनिश्चित गर्ने, विच्छेद हुन नदिने कुरा सुनिश्चित गर्ने र भ्याक्सिन सम्बन्धित देशमा पुगिसकेपछि भन्सारमा कुनै समस्या नहुने सुनिश्चित गर्नका लागि काम गरिरहेको छ । भ्याक्सिनका डोजहरु सम्बन्धित कानून बमोजिम वितरण गरिने सुनिश्चित गर्न कानूनी सम्झौतासमेत आवश्यक पर्ने र त्यसका लागि काम भइरहेको प्रवक्ताको भनाई छ ।

प्रवक्ताले भनेका छन् – ‘यो भ्याक्सिन सहायता त केबल सुरुवातमात्र हो । अमेरिकालाई प्राप्त हुने बित्तिकै हामीले अतिरिक्त भ्याक्सिन सहायता जारी राख्नेछौं । समरभर हामीले भ्याक्सिनका ५ सय मिलियन डोजहरु कोभ्याक्समार्फत विश्वका विभिन्न देशलाई वितरण गर्न गाभीलाई प्रदान गर्नेछौं ।’

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →