अध्यागमन अदालतका शुल्क तिर्न अप्वाइन्टमेन्ट लिन नपर्ने, मेसिनबाटै तिर्नसकिने


प्रकाशित मिति : असार ८, २०७८ मंगलबार

अब अध्यागमन अदालतमा मोसन र अपिल फाइल गर्दा शुल्क तिर्न अप्वाइन्टमेन्ट लिन नपर्ने भएको छ । अबदेखि युएससीआईएसले कानून व्ययसायी वा तोकिएको प्रतिनिधिलाई डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीको निर्णयका सन्दर्भमा बोर्ड अफ इमिग्रेशन अपिल बीआईए वा अध्यागमन अदालत ईओआईआरमा मोसन फाइल गर्दा मेसिनबाटै शुल्कतिर्न अनुमति दिने भएको छ ।

शुल्क तिर्नका लागि युएससीआईएसका फिल्ड अफिसमा रहेको मेसिन प्रयोग गर्न सकिनेछ । यो मेसिनको प्रयोग गर्दा कसैको सहायता लिनुपर्दैन । अध्यागमन अदालतमा फर्महरु फाइल गर्दा शुल्क तिर्न वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको निर्णयका सन्दर्भमा बीआर्ईएमा अपिल गर्दामात्र मेसिनको प्रयोग गर्न सकिने जनाइएको छ । गैर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी बोर्ड अफ इमिग्रेशन अपिलका शुल्कहरु तिर्न मेसिनको प्रयोग गर्न सकिनेछैन ।

मेसिनको प्रयोग गर्दा इन्फोमोड अप्वाइन्टमेन्ट लिने झन्झट हुनेछैन । युएससीआईएसका सम्पर्क केन्द्रमा कुनै अप्वाइन्टमेन्ट बिना नै अध्यागमन अदालतका शुल्कहरु तिर्न सकिने भएको छ । साथै फिल्ड अफिसमा रिसिप्ट लिनका लागि लामो प्रतिक्षा समेत गर्नु नपर्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेसिनको प्रयोग गरेर शुल्क तिर्न चाहने वकिल र प्रतिनिधिले युएसीआईएसमा इमेल ठेगानामा इमेल गर्न सक्नेछन् । त्यसपछि उनीहरुले मेसिन भएको क्षेत्रमा जानका अनुमति प्रदान गर्ने इमेल जवाफ प्राप्त गर्नेछन् । प्राप्त इमेलका आधारमा उनीहरु मेसिन भएको क्षेत्रमा गएर शुल्क तिर्न सक्नेछन् ।

मेसिनबाट शुल्क तिर्दा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्नुपर्नेछ । प्रिपेड वा गिफ्ट कार्डहरु स्वीकार नहुने जनाइएको छ । साथै बैकको एकाउन्ट नम्बरबाट पनि शुल्क तिर्न मिल्नेछैन । शुल्कतिर्दा एलियन नम्बर, आवेदकको ठेगाना, आवेदकको इमेल र मेसिन प्रयोगका लागि प्राप्त इमेल आवश्यक पर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com