विद्यार्थी भिसा सुचारु गर्न अमेरिकी दूतावास काठमाडौंलाई आग्रह गर्दै ३ हजार बढी हस्ताक्षर


प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार

अमेरिकी दूतावास काठमाडौं

विद्यार्थी भिसाका अन्तरवार्ता सुचारु गर्न आग्रह गर्दै अमेरिकामा विभिन्न विश्वविद्यालयहरुमा अध्ययनका लागि प्रकृया अगाडि बढाइसकेका नेपाली विद्यार्थीहरुका तर्फबाट हस्ताक्षर अभियान संचालन गरिएको छ । चेन्ज डट अर्गमा सुरु गरिएको हस्ताक्षर अभियानमा अहिलेसम्म ३ हजार बढीले हस्ताक्षर गरिसकेका छन् ।

गतबर्षको मार्चदेखि काठमाडौंको अमेरिकी दूतावासले विद्यार्थी भिसा जारी गर्न रोकेपछि भिसा आवेदकहरुले आफ्नो भर्ना सन् २०२१ को शिशिरका लागि सारेको तर अहिले दूतावासले कोरोनाको महामारीको कारण देखाउँदै भिसा अन्तरवार्ताहरु रद्द गरेपछि आफूहरु मारमा परेको उनीहरुको गुनासो छ । गतबर्षदेखि प्रतिक्षा गर्दा एकबर्षको पढाई नै गुमाएको र कतिपयले छात्रबृत्ति समेत गुमाउनुपरेको उनीहरुको गुनासो छ ।

दूतावासले पुन कहिले अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट लिन सकिने भन्ने कुनै जानकारी नदिई तय गरिएका सिमित अन्तरवार्ताहरुपनि रद्द गरेको विद्यार्थीहरुको भनाई छ । कैयन विद्यार्थीहरुले भिसा अन्तरवार्ताका लागि नेपालमा शुल्क तिरेपनि उक्त शुल्क माया मारेर भारतमा रहेको अमेरिकी दूतावासमा अन्तरवार्ताका लागि शुल्क तिरेको तर अहिले भारतमा कोरोनाको महामारीका कारण अन्तरवार्ताका लागि जान सकिने अवस्था नरहेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूहरु अन्तरवार्तामा जानका लागि नेगेटिभ कोरोना रिपोर्ट ल्याउन, पीपीई लगाउन तथा अनलाइनबाट अन्तरवार्ता दिन तयार रहेको उल्लेख गर्दै विद्यार्थीहरुले भिसा अन्तरवार्ता सुचारु गर्न अमेरिकी दूतावास काठमाडौंलाई आग्रह गरेका छन् । अमेरिकाका विश्वविद्यालयहरुमा आवेदन दिंदा प्रसस्त समय, रकम र उर्जा खर्चेको तथा अर्कोबर्ष समेत पढाइ गुमाउन एवं छात्रबृत्ति गुमाउन नचाहेको उनीहरुले बताएका छन् ।

गतबर्षको मार्चदेखि विद्यार्थी भिसा जारी गर्न रोकेको अमेरिकी दूतावास काठमाडौंले मार्चको दोश्रो सातादेखि सिमित संख्यामा विद्यार्थी भिसाका लागि अन्तरवार्ताको मिति दिन सुरु गरेको थियो । त्यसपछि मार्चमा २० जनालाई विद्यार्थी भिसा एफ वान र २९ जना विद्यार्थी भिसावाहकका डिपेन्डेन्टलाई एफ टु भिसा जारी गरेको छ ।

तर अप्रिलको अन्तिम सातादेखि दूतावासले सबै भिसाका अप्वाइन्टमेन्टहरु रद्द गरेको छ । यद्यपी अप्रिलभरमा काठमाडौं दूतावासले २६ जनालाई विद्यार्थी भिर्सा एफवान जारी गरेको थियो । उनीहरुका डिपेन्डेन्ट ८ जनालाई अप्रिलमा एफटु भिसा जारी गरेको थियो ।

मार्चको पहिलोसातासम्म काठमाडौंमा रहेको अमेरिकी दूतावासले विद्यार्थी भिसा जारी नगरेपछि नेपालीहरु दिल्ली र अन्य दूतावासबाट विद्यार्थी भिसा लिएका थिए । काठमाडौंबाहेकको कन्सुलेट र दूतावासबाट भिसा लिने नेपालीहरु फरबरीमा ३६ जना रहेका थिए भने ११ जनाले एफ टु भिसा पाएका थिए । त्यस्तै जनवरीमा पनि ११० जना नेपालीले काठमाडौंबाहिरबाट विद्यार्थी भिसा पाएका थिए भने ५ जनाले एफटु भिसा पाएका थिए ।

जनवरी र फरबरीमा काठमाडौंमा रहेको दुतावासले जम्मा २ जनालाई विद्यार्थी भिसा जारी गरेको रेकर्ड छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com