अमेरिकाले नेपाललाई दिने भ्याक्सिन कहिले र कति आउँछ ?
अमेरिकाले विहिबार नेपालसहित दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका १६ देशलाई ७ मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको छ । तर यो भ्याक्सिन अमेरिकाले नेपालमा कहिले पठाउने र कति पठाउने भन्ने सन्दर्भमा आम जिज्ञासा रहेको छ । किनभने अमेरिकाले नेपाललाई कति डोज भ्याक्सिन र कुन भ्याक्सिन दिने भन्ने फ्रेमवर्कमा उल्लेख गरेको छैन ।

अमेरिकाले बिहिबार विश्वका विभिन्न मुलुकलाई दिने घोषणा गरेको २५ मिलियन डोज भ्याक्सिन बिहिबारदेखि नै पठाउन सुरु गरेको छ । बदलामा कुनै राजनीतिक समर्थनको अपेक्षा नगरी भ्याक्सिन पठाइने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् । केही मुलुकमा बिहिबारदेखि पठाउन सुरु गरिएकोमा अन्य मुलुकमा पनि यथाशीघ्र भ्याक्सिन पठाउने जनाइएको छ । नेपालले एकदुईसाताभित्रै भ्याक्सिन प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
यो घोषणा अनुशार नेपालले अमेरिकाबाट कति डोज भ्याक्सिन पाउनेछ ? यसबारेमा आम जिज्ञासा रहेको छ । यसबारे आम पाठकको जिज्ञासालाई खसोखासले अमेरिकी विदेश मन्त्रालय समक्ष जस्ताको तस्तै राखेको थियो । विदेश मन्त्रालयका अधिकारीले खसोखाससँग भनेका छन् -‘कुन देशलाई कति भ्याक्सिन पठाउने भन्ने जानकारी अझै प्राप्त भएको छैन । हामीसँग अहिले क्षेत्रीय विवरणमात्र उपलब्ध छ । थप विवरणहरु छिट्टै उपलब्ध हुनेछ ।’

भारतले भ्याक्सिनका लागि उच्च प्राथमिकता पाउने देखिएको छ । तर एसियाका मुलुकलाई दिइने ७ मिलियन डोज भ्याक्सिनबाहेक थप ६ मिलियन डोज भ्याक्सिनबाट भारत, मेक्सिको, क्यानडा, दक्षिण कोरिया लगायतले सिधै पाउने भएकाले ७ मिलियन डोजमा नेपाल लगायतका अरु मुलुकले पनि उपयुक्त हिस्सा पाउने देखिएको छ ।
अमेरिकाले आफूसँग भ्याक्सिन अनुरोध गरेका धेरैभन्दा धेरै मुलुकहरुलाई सहयोग गर्ने राष्ट्रपति बाइडेनले बताएका छन् । नेपालले पनि अमेरिकासँग भ्याक्सिनका लागि विभिन्न स्तरबाट पटकपटक अनुरोध गरेको थियो भने राष्ट्रपति विद्या भण्डारीले भ्याक्सिन अनुरोध गर्दै अमेरिकी राष्ट्रपतिलाई पत्राचार गरेकी थिइन् ।
When Nepal is battling a dreadful wave of the pandemic, what can be a more welcome news than announcement by United States of COVID-19 vaccine support! Thank you @SecBlinken and the American people for this friendly gesture!
— Pradeep Gyawali (@PradeepgyawaliK) June 3, 2021
अमेरिकाले नेपाललाई भ्याक्सिन दिने घोषणा गरेपछि त्यसको स्वागत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले अमेरिकी घोषणाको स्वागत गरेका छन् ।
We welcome the US decision to provide COVID-19 vaccines to Nepal. Thank you @POTUS, @VP for responding to our appeal for these precious life-saving doses! Nepal and Nepali people remain grateful. This reaffirms the strength of Nepal-US friendship.
— K P Sharma Oli (@kpsharmaoli) June 3, 2021





