एसाइलम आवेदकको बयानलाई नै सत्य मान्नुपर्ने प्रावधान सर्बोच्च अदालतबाट खारेज


प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार

अमेरिकामा एसाइलम खोजिरहेका आप्रवासीहरुले दिएको बयान अध्यागमन न्यायाधिसले विश्वसनीय नरहेको स्पष्ट आधार फेला नपारेसम्म सत्य मान्नुपर्ने नाइन्थ सर्किट कोर्टको नियमलाई सर्वोच्च अदालतले उल्टाइदिएको छ । सर्वोच्च अदालतका ९ जना न्यायाधिसहरुले नै उक्त नियम संसदले तय गरेको कानूनसँग नमिल्ने ठहर गरेका हुन् ।

नाइन्थ सर्किट कोर्टको निर्णय विवादित विषयबारे निचोड निकाल्ने र आवेदन एसाइलमका लागि योग्य भए नभएको निर्णय गर्नेगरी संसदले तय गरेको कानूनसम्मत नभएको सर्वोच्चले निचोड निकालेको हो । सर्वोच्चको यो निर्णयसँगै अब एसाइलम आवेदकका पक्षमा रहेको पूरानो नियम खारेज भएको छ ।

कैयनबर्षदेखि नाइन्थ सर्किट कोर्टले अर्को कुनै विश्वसनीय आधार फेला नपरेसम्म आवेदकले दिएको बयान नै सत्य र विश्सनीय मान्नुपर्ने धारणा राख्दै आएको न्यायाधिस निल गोर्सचले मंगलबारको निर्णयमा लेखेका छन् । संसदले होसियारीपूर्वक अध्यागमन निर्णयबारे न्यायायिक समीक्षा गरिसकेकाले सर्किट कोर्टको नियम औचित्यपूर्ण नरहेको न्यायाधिसले उल्लेख गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यतया अध्यागमन न्यायाधिसले एसारयलम खोजिरहेको आप्रवासीबाट बयान सुन्छन् भने एसाइलम खोज्नुको कारणबारे सरकारले आवेदकलाई सोधेका प्रमाणहरुबारे पनि सुन्छन् । त्यसपछिमात्र न्यायाधिसले सामान्यतया आवेदक विश्वसनीय थियो वा ठग थियो भन्नेबारे कुनै निष्कर्षविना नै आवेदक अमेरिकामा एसाइलम पाउन योग्य नभए नभएको निर्णय गर्छन् ।

यदि एसाइलम अनुरोध अध्यागमन न्यायाधिसले अस्वीकार गरेमा आवेदकले पुनरावलोकनका लागि पुनरावेदन गर्नसक्छन् । नाइन्थ सर्किट कोर्टले विरोधाभाषपूर्ण प्रमाणहरु भएपनि अध्यागमन न्यायाधिस वा बोर्डले विश्वसनीय नरहेको उपयुक्त प्रमाण फेला नपारेसम्म कुनै पनि असफल आवेदनहरुलाई विश्वसनीय र सत्य मान्नुपर्ने पक्ष लिएको थियो । तर अध्यागमन न्यायाधिसले त्यस्ता प्रमाण खोजेर आवेदनमा दिएको बयान गलत भएको प्रमाणित गर्न मुस्किल हुनेगर्छ ।

सर्वोच्च अदालतको आजको निर्णयपछि अब एसाइलम आवेदकलाई अध्यागमन न्याधिसबाट अस्वीकार भएको मुद्दामा अपिल गरेर जित्न मुस्किल हुनसक्छ भने आवेदकको बयानलाई अध्यागमन न्यायाधिसले उचित प्रमाणविना पनि गलत भएको ठहर गर्नसक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com