नेपाल लगायतको टीपीएसको अवधि थप्न ५६ सांसदको पत्र राष्ट्रपति बाइडेनलाई


प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार

नेपाल लगायतको टीपीसीको अवधि थप्न र केही देशलाई टीपीएसको दर्जा प्रदान गर्न आग्रह गर्दै ५६ जना अमेरिकी सांसदले राष्ट्रपति जो बाइडेन र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासलाई पत्र लेखेका छन् । सिनेटर बेन कार्डिन, सिनेटेर क्रिस भ्यान होल्यान र प्रतिनिधिसभा सदस्य निदिया भेलास्काजको नेतृत्वमा पत्र पठाइएको हो ।

पत्रमा कोरी बुकर, बर्नी स्याण्डर्स, एमी क्लोबुचार, एलिजाबेथ वारेन लगायत अरु १५ जना सिनेटरहरुले हस्ताक्षर गरेका छन् । प्रकोप वा हिंशाका कारण मातृभूमिमा असुरक्षित भएकाहरुलाई टीपीएस सुविधा दिन बाइडेन प्रशासन प्रतिबद्ध रहेकोमा धन्यवाद दिंदै नेपाल लगायत १७ देशलाई टीपीएसमा दर्ज गर्न वा पुन दर्ज गर्न आग्रह गरिएको छ ।

पत्रको पूर्ण पाठ यहाँ पढनुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनवरीको पहिलो साता नेपाल लगायतका हैटी र मध्य अमेरिकी देशका नागरिकको टीपीएसको कागजातको अवधि ९ महिना थपिएको थियो । जस अनुशार नेपाल लगायत ती देशको टीपीएसवाहकको कागजातको अवधि  अक्टोबर ४, २०२१ मा समाप्त हुँदैछ ।

अमेरिकी अदालतमा रहेका विभिन्न मुद्दाका आदेशहरुको कार्यान्वयनका क्रममा टीपीएसका कागजातको अवधि थपिएको थियो । वर्क परमिट, टीपीएस नोटिस अफ एक्सन आई ७९७ र आई ९४ को अवधि स्वत थपिएको थियो ।

फोटो: अधिकार

कागजातको म्याद थपसँगै बीचका रि रजिस्ट्रेशन अवधिमा रि रजिस्ट्रेशन गर्न छुटाएका टीपीएसवाहकलाई पनि रि रजिस्ट्रेशन गरेर टीपीएस कायम गर्नसक्ने अवशर दिइएको थियो । सन् २०१६ को अक्टोबर २६ देखि डिसेम्बर २७ सम्म र सन् २०१८ को मे २२ देखि जुलाई २३ सम्म सरकारले नेपाली टीपीएसवाहकका लागि रि रजिस्ट्रेशन खुलाएको थियो ।

यी मध्ये कुनै पनि अवधिमा राम्रोसँग रिरजिस्ट्रेशन नगरेका वा छुटेकाहरुलाई पनि रिरजिस्ट्रेशन गर्नसक्ने अवशर दिइएको थियो । तर त्यसका लागि पहिलो पटक सन् २०१५ मा भने भने टीपीएसका लागि आवेदन दिएको हुनुपर्ने प्रावधान छ ।

आगामी अक्टोबर ४ पछि नेपालीहरुको टीपीएसको अवधि के हुने हो भन्ने अझै टुंगो नहुँदा नेपाली टीपीएसवाहकहरु अन्यौलमा परेका छन् । उनीहरु पछिल्लो चरणमा अमेरिकाबाहिर यात्रा गर्नसमेत डराएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com