२०२० को जनवरी १ पछि म्याद सकिएका पासपोर्टमा अमेरिकनहरु स्वदेश फर्कनसक्ने


प्रकाशित मिति : जेष्ठ १०, २०७८ सोमबार

अमेरिकी पासपोर्ट

 

विदेशमा रहेका अमेरिकनहरु सन् २०२० को जनवरी १ पछि एक्सपायर भएको पासपोर्टमा अमेरिका आउनसक्ने भएका छन् । कोरोना महामारीका कारण विदेशमा नै अड्कीएका अमेरिकनहरुलाई पासपोर्ट नविकरणमा समय लाग्नसक्ने र स्वदेश फर्कन समस्या नहोस् भनेर उनीहरुलाई अमेरिका आउन अनुमति दिइएको हो ।

गतबर्षको जनवरी १ वा त्योभन्दा पछाडि पासपोर्ट एक्सपायर भएका अमेरिकनहरु  आगामी डिसेम्बर ३१ सम्म अमेरिका आउनसक्ने भएका छन् । तर केही मापदण्डहरु लागु हुने भएकाले अमेरिका आउने योजना बनाउनु अगाडि ती मापदण्डहरु परीक्षण गर्न सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशमा रहेका अमेरिकनहरुको सुरक्षा र सुविधा अमेरिकी विदेशमन्त्रालयको प्राथमिकता रहेको तथा अहिले महामारीका कारण विदेशबाट पासपोर्ट नविकरणका लागि अप्वाइन्टमेन्टहरुमा चर्को ब्याकलग रहेकाले विदेशमन्त्रालयले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग मिलेर विदेशमा रहेका अमेरिकनलाई स्वदेश फर्कन सहज वातावरण बनाउन काम गरिरहेको जनाएको छ । अमेरिकामा आइसकेपछि अमेरिका प्रवेश गर्ने क्रममा सीबीपीले निश्चित म्याद सकिएका पासपोर्टमा पनि इन्ट्री दिने भएको छ ।

म्याद सकिएका पासपोर्टमा अमेरिका आउनका लागि आफ्नो योग्यता परीक्षण गर्न यहाँ क्लीक गर्नुहोला ।

अमेरिकाबाट बाहिर जाँदा भने म्यादसकिएका पासपोर्ट प्रयोग गर्न नसकिने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । त्यस्तै म्याद सकिएका पासपोर्ट अमेरिका आउने क्रममा विदेशी मुलुकका एयरपोर्टमा ट्रान्जिटको अवस्थामा बाहेक एक मुलुकबाट अर्को मुलुकमा जानसमेत प्रयोग गर्न नसकिने अमेरिकी सरकारले स्पष्ट पारेको छ ।

अमेरिकी विदेशमन्त्रालयले अमेरिकन नागरिकलाई अहिलेको अवस्थामा विदेशको यात्राबारे पुनर्विचार गर्न र सम्भव भएसम्म पछाडि सार्न सुझाव दिएको छ ।

अमेरिकनहरुले पासपोर्ट नविकरण गर्न चाहेको खण्डमा अहिले प्रकृयाका लागि लाग्ने समय थाहा पाउन यहाँ क्लीक गर्न सक्नेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com