२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
भ्याक्सिन अपडेट

कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन अब सामान्य फ्रिजको तापक्रममा १ महिना राख्न सकिने

कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन अब सामान्य फ्रिजको तापक्रममा १ महिनासम्म भण्डारण गरेर राख्न सकिने अमेरिकाको खाद्य तथा औषधी प्रशासनले घोषणा गरेको छ । यो परिवर्तनले अब फाइजरको भ्याक्सिन डाक्टरहरुको क्लीनिकहरुमा प्राप्त गर्न, भण्डारण गर्न र वितरण गर्न सहज हुने भएको छ ।

फाइजर इन्कले उपलब्ध गराएको तथ्यांकको विश्लेषण गरेर यो भ्याक्सिनका शीशीहरु २ डिग्री सेल्सियसदेखि ८ डिग्री सेल्सियससम्म अर्थात् ३५ डिग्री फरेनहाइटदेखि ४६ डिग्री फरेनहाइटसम्म एकमहिनासम्म भण्डारण गरेर राख्न सकिने निष्कर्ष निकालिएको हो । यसभन्दा अगाडि प्रयोगका लागि तयारी अवस्थामा रहेका फाइजर भ्याक्सिन सामान्य फ्रिजको तापक्रममा ५ दिनसम्ममात्र राख्न सकिने बताइएको थियो ।

युरोपको औषधी एजेन्सीले पनि फाइजरको भ्याक्सिन सामान्य फ्रिजको तापक्रममा एकमहिनासम्म राख्न सकिने गरी स्वीकृत गरिसकेको छ । यो परिवर्तनसँगै फाइजर भ्याक्सिनको वितरण अझ व्यापक र सहज हुने अपेक्षा गरिएको छ । अमेरिकामा फाइजरसहित मोडेर्ना र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन प्रयोग भइरहेका छन् ।

अमेरिकामा अहिलेसम्म कुल जनसंख्याको झण्डै ४८ प्रतिशत अर्थात् झण्डै १६० मिलियनले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । जसमध्ये फाइजर भ्याक्सिन तीनसाताको अन्तरमा दुई डोज र मोडेर्ना २८ दिनको अन्तरमा दुई डोज लगाउनुपर्छ । त्यस्तै जोन्सन एण्ड जोन्सनको भ्याक्सिन भने एकडोजमात्र लगाए पुग्छ । अमेरिकामा पूर्णरुपमा भ्याक्सिन लगाउनेहरु १२५ मिलियन नाघेका छन् ।

 

 

 

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →