अमेरिकी स्वास्थ प्रणालीमा भार हुने आप्रवासीलाई रोक्ने ट्रम्पको नियम बाइडेनबाट फिर्ता


प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार

अमेरिकी स्वास्थ प्रणालीमा भार हुने आप्रवासीलाई रोक्ने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश आज राष्ट्रपति जो बाइडेनले फिर्ता गरेका छन् । ट्रम्पको उक्त ओदशले अमेरिकी स्वास्थ्य प्रणालीमा भार हुने सम्भावना भएका आप्रवासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनसक्ने व्यवस्था गरेको थियो ।

आप्रवासीहरुलाई निशाना बनाएर ट्रम्प प्रशासनले जारी गरेका विभिन्न आदेश र नीतिहरु उल्टाउने क्रममा बाइडेनले आज यो नीतिसमेत उल्टाएका हुन् । ट्रम्पले सन् २०१९ मा जारी गरेको यो कार्यकारी आदेशले अमेरिका आउने आप्रवासीहरुलाई आउनु अगाडि नै स्वास्थ्य विमा अनिवार्य जस्तै गराएको थियो ।

अमेरिका आउनु अगाडि भिसा आवेदकले अमेरिका आएको तीसदिनभित्र स्वास्थ्यविमा लिने कुरा प्रमाणित गर्नसक्नुपर्ने वा उनीहरुलाई अमेरिकामा बस्नका लागि अनुमति दिइनु अगाडि नै आफ्नो स्वास्थ्य खर्च आफै तिर्ने व्यवस्था गरेको हुुनुपर्ने उक्त नियममा उल्लेख थियो । अमेरिका आउने आप्रवासीहरु अमेरिकी करदाताले तिरेको रकम खर्च गरेर अमेरिकाको स्वास्थ्य प्रणालीमा भार बन्न नहुने ट्रम्पले कार्यकारी आदेशमा उल्लेख गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले आफ्नो प्रशासन गुणस्तरीय र सस्तो स्वास्थ्य सेवा प्रणालीका लागि प्रतिबद्ध रहेको बताएका छन् । आर्थिक रुपमा कमजोर भएकाहरुलाई अमेरिका आउनबाट नरोकिकनै आफूहरुले उक्त लक्ष्य प्राप्त गर्न सक्ने बाइडेनको भनाई छ ।

गत मेमा भिसामा स्वास्थ्यविमा सम्बन्धि नियम कार्यान्वयनमा नाइन्थ सर्किट कोर्टले रोक लगाएको थियो । सन् २०१९ को नोभेम्बरमा यो नियम कार्यान्वयनको तयारीमा रहेको थियो । तर ओरेगनको डिस्ट्रिक्ट कोर्टले यो नियम कार्यान्वयनमा अस्थायी रोक लगाएपछि नियम कार्यान्वयन हुन सकेको थिएन । डिस्ट्रिक्ट कोर्टकै आदेशलाई नाइन्थ सर्किट कोर्टले पनि सदर गरेको थियो ।

ट्रम्पको यो नियम अनुशार अमेरिकी स्वास्थ्यप्रणालीमा भार हुनसक्ने भन्दै बार्षिक ३ लाख ७५ हजार भन्दा धेरैको ग्रिनकार्ड अस्वीकार गर्न सक्ने अनुमान गरिएको थियो । यो नियम अनुशार अमेरिकाको आप्रवासी भिसा अर्थात् ग्रिनकार्डका लागि स्पोन्सर गर्ने स्पोन्सरकर्तामाथि थप जिम्मेबारी र भार थपिने अवस्था थियो । । यो नियम अनुशार अमेरिकाको आप्रवासी भिसाका लागि आवेदन दिएको व्यक्तिले अमेरिकाको स्वास्थ्यप्रणालीमा आफू भार नहुने कुरा प्रमाणित गर्न नसके त्यस्ता व्यक्तिको भिसा अस्वीकृत हुनसक्ने प्रावधान थियो ।

अमेरिकाको स्वास्थ्य प्रणालीमा भार हुनसक्ने व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लगाउने सक्ने घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१९ को अक्टोबरको पहिलो साता हस्ताक्षर गरेका थिए । यो नयाँ नियम अमेरिकाबाहिरबाट अमेरिकाको आप्रवासी भिसा आवेदन दिनेहरुका हकमा मात्र लागु हुने उल्लेख गरिएको थियो ।

पहिले नै अमेरिकामा रहेकाहरु, अमेरिकी ग्रिनकार्डबाहकहरु, एसाइलम आवेदकहरु, शरणार्थीहरु र बालबालिकाहरुका सन्दर्भमा भने नयाँ नियम लागु नहुने जनाइएको थियो । तर डिभी लोटरी, परिवारमा आधारित र रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्नेगरी आप्रवासी भिसामा अमेरिका आउनेहरुका सन्दर्भमा भने यो नियम लागु हुने उल्लेख थियो ।

आवश्यक इन्सुरेन्स व्यक्तिगत रुपमा किन्न सकिने र रोजगारदाताले प्रदान गर्ने इन्सुरेन्सलाई पनि मान्यता दिइने नियममा उल्लेख थियो । तर सरकारी सुविधाप्रदान गरिएको स्वास्थ्यविमालाई भने मान्यता नदिइने उल्लेख थियो ।

१ बर्षको अल्पकालिन स्वास्थ्य विमा, पारिवारिक सदस्यको स्वास्थ्य विमा, एकबर्षको भिजिटर स्वास्थ्य विमा योजनालाई पनि मान्यता दिइने नियममा उल्लेख थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com