शिशुदेखि ७ बर्षसम्मका ५ जना कागजपत्रविहिन बालिका अमेरिकी सिमाक्षेत्रमा अलपत्र फेला


प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार

शिशुदेखि ७ बर्षसम्म उमेर भएका ५ जना कागजपत्रविहिन बालिकाहरु अमेरिकी सिमाक्षेत्रमा अलपत्र फेला परेका छन् । अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा दक्षिण टेक्सासमा उनीहरु अभिभावकविना नै अलपत्र अवस्थामा फेला परेका हुन् ।

सबैभन्दा धेरै उमेरकी बालिका ७ बर्षकी रहेको र सबैजना बालिकाहरु रहेको अधिकारीहरुले बताएका छन् । उनीहरु कसैलाई पनि तत्कालै स्वास्थ्यसम्बन्धि कुनै समस्या भने नदेखिएको जनाइएको छ । उनीहरु सान एन्टोनियोदेखि साढेदुईघण्टा दक्षिणपश्चिममा फेला परेका हुन् ।

अलपत्र अवस्थामा त्यती साना बालिकाहरु भेटिनु अत्यन्तै हृदयविदारक रहेको डेल रियो क्षेत्रका गस्ती प्रमुख अष्टिन एल सेक्रोले बताएका छन् । ती बालिकाहरु होण्डुरस र ग्वाटेमालाका रहेको पुष्टी भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती बालिकाहरुलाई डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजमा पठाउनु अगाडि प्रकृयाका लागि लगिएको जनाइएको छ । उनीहरुका अभिभावकहरुबारे केही पत्ता लागे नलागेको बारे केही बताइएको छैन ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले सिमाक्षेत्रमा पक्राउ पर्ने आप्रवासीहरु २० बर्षकै सबैभन्दा धेरै भएको बताएका छन् । तर अभिभावकविनाको बालबालिकाहरुको संख्या भने पछिल्लो दिनमा घटेको बताइएको थियो ।

शुक्रबारसम्म सिमा सुरक्षाको हिराशतमा जम्मा ६ सय अभिभावक विनाका बालबालिकाहरु रहेको बताएको छ । मार्चमा यो संख्या ६ हजार रहेको थियो । त्यस्तै बालबालिकाहरुलाई हिराशतमा राख्ने अवधि औषतमा १३९ घण्टाबाट घटेर २४ घण्टा बनेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com