केही अमेरिकी भिसा नविकरणमा मे १७ देखि फिंगरप्रिन्ट नचाहिने


प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार

अमेरिकामा बैध रुपमा काम गरिरहेका आप्रवासीहरुका केही दम्पत्तिहरुका लागि उनीहरुका भिसा नविकरणका लागि फिंगरप्रिन्ट नचाहिने भएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उनीहरुका लागि फिंगरप्रिन्ट अनिवार्यताको नियम खारेज गरेको हो ।

यो खारेजीसँगै एचवानबी कामदार भिसामा रहेकाहरुका दम्पत्तिहरुले विना फिंगरप्रिन्ट पनि उनीहरुका भिसा नविकरण गर्न सक्ने भएका छन् । कोरोना महामारीका बीच फिंगरप्रिन्ट अनिवार्यको नियमले भिसा प्रकृयामा एकदमै ढिलाई भएको थियो ।

फिंगरप्रिन्ट अनिवार्य गर्ने प्रावधान सन् २०१९ मा ट्रम्प प्रशासनले सुरु गरेको थियो । जसका कारण दशौं हजार आप्रवासीहरुले आफ्ना वर्क परमिटहरु गुमाएको र भिसा प्रकृयामा ढिलो भएको तथ्यांक रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसले अदालतमा फाइल गरेको कागजातमा फिंगरप्रिन्ट अनिवार्यको प्रावधान मे १७ देखि लागु हुनेगरी २ बर्षका लागि हटाउने उल्लेख गरिएको छ । कामदार भिसावाहकका दम्पत्तिहरुले जालसाजी नगरेको प्रमाणित गर्नका लागि भिसा नविकरणमा नयाँ फिंगरप्रिन्ट आवश्यक रहेको भन्दै ट्रम्प प्रशासनले यो नियम ल्याएको थियो । अब दुईबर्ष भिसा नविकरण गर्दा पूरानै फिंगरप्रिन्टले काम चलाइनेछ ।

एचवानबी र एल वान भिसा वाहकका दम्पत्तिहरुलाई प्रतिनिधित्व गर्ने वकिलहरुले भिसा नविकरणका लागि फिंगरप्रिन्ट अनिवार्य रहेको नियमबिरुद्ध वकालत गरेका थिए । युएससीआईएसले आगामी दिनहरुमा यसबारे थप सुचनाहरु सार्वजनिक गरिने स्पष्ट पारेको छ ।

कोरोनाको महामारीका कारण अमेरिकी नागरिकता आवेदन, ग्रिनकार्ड नविकरण लगायतका कैयन आवेदनमा युएससीआईएसले अधिकांशका सन्दर्भमा पूरानै फिंगरप्रिन्ट प्रयोग गर्दै आएको छ । तर केहीलाई नयाँ फिंगरप्रिन्टका लागि समेत सुचना पठाइएको छ । त्यस्तै अमेरिकाबाहिरबाट भिजिटर लगायतका भिसा नविकरणमा पनि दूतावास र कन्सुलेटले नयाँ फिंगरप्रिन्ट नलिई पूरानैले काम चलाउँदै आएका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com