फाइजर भ्याक्सिन अमेरिकामा १२ देखि १५ बर्षसम्मलाई प्रयोगको अनुमति दिइने, शतप्रतिशत प्रभावकारी


प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार

अमेरिकाले १२ बर्षदेखि १५ बर्षसम्मका बालबालिकाहरुका लागि कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनलाई प्रयोगका अनुमति दिने भएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले आगामी साताको सुरुतिर फाइजर भ्याक्सिन १२ बर्षमाथिका सबैलाई प्रयोगको अनुमति दिन लागेको हो ।

फाइजरले १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुमा भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि अनुरोध गर्दै आवेदन दिएको थियो । जस अनुशार अब एफडीएले भ्याक्सिनको आपतकालिन प्रयोगमा संसोधन गर्ने भएको हो ।

अहिले एफडीएले फाइजर भ्याक्सिनले प्रदान गरेको तथ्यांकको अवलोकन गरिरहेको जनाइएको छ । मार्चको अन्तिममा गरिएको क्लीनिकल परीक्षणमा २२ सय ६० जना १२ बर्षदेखि १५ सम्मका बालबालिकाहरु सहभागी थिए । उनीहरुमा भ्याक्सिन शतप्रतिशत प्रभावकारी पाइएको छ ।

अहिले यो भ्याक्सिन अमेरिकामा १६ बर्षमाथिकाहरुलाई प्रयोगको अनुमति दिइएको छ । डिसेम्बरमा प्रयोगको अनुमतिपछि अमेरिकामा फाइजर र मोडेर्ना भ्याक्सिन धमाधम वितरण भइरहेको छ । अमेरिकामा एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिनलाई पनि प्रयोगको अनुमति छ ।

त्यस्तै मेरिल्याण्डमा रहेको नोभाभ्याक्सले पनि सोमबार १२ बर्षदेखि १७ बर्षसम्मका ३ हजारसम्ममा तेश्रो चरणको क्लीनिकल परीक्षण विस्तार गर्ने बताएको छ । उनीहरुलाई दुईडोज भ्याक्सिन वा सलाइन २१ दिनको अन्तरमा प्रदान गरिनेछ । यो भ्याक्सिनले भने अमेरिकामा प्रयोगको अनुमति पाएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com