२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

भ्याक्सिन लगाएकाहरु बाहिर हुने साना जमघट र खानपिनमा विनामास्क सहभागी हुनसक्ने सीडीसी निर्देशिका

पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुका लागि अमेरिकन सीडीसीले आज नयाँ निर्देशिका जारी गरेको छ । पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले सानातिना आउटडोर जमघटमा वा फरक फरक घरका साथीहरुसँग आउटडोर खानपिनका क्रममा मास्क हटाउन सक्ने सीडीसीको निर्देशिकामा उल्लेख छ ।

मंगलबार पत्रकार सम्मेलनमा नयाँ निर्देशिका जारी गर्दै सीडीसी निर्देशक डाक्टर रोशेल वालेन्स्कीले भनिन् – ‘यदि तपाईले पूर्णरुपमा भ्याक्सिन लगाउनुभएको छ र भ्याक्सिन लगाएका तथा नलगाएकाहरुलाई सानोतिनो आउडोर जमघटमा सहभागी हुन चाहनुहुन्छ भने वा फरक फरक घरका साथीहरुसँग आउटडोर रेष्टुरेण्टमा खानाखान चाहनुहुन्छ भने विज्ञानले देखाएको छ कि तपाईले मास्क हटाउन सक्नुहुनेछ ।’

‘सामान्यतया भ्याक्सिन लगाएकाहरुलाई मास्क विना बाह्य गतिविधि गर्नु सुरक्षित नै हुन्छ । यद्यपी हामी धेरै भ्याक्सिन नलगाएका व्यक्ति उपस्थीत हुने र सामाजिक दुरी कायम गर्न सम्भव नहुने भींडभाडयुक्त स्थलहरुमा भने मास्क लगाउन नै सल्लाह दिन्छौं ।’-  वालेन्स्कीले भनिन् ।

बृहत रुपमा भ्याक्सिन लगाउने काम पूरा नभएसम्म भींडभाडयुक्त स्थलमा मास्क लगाउन सिफारिस गर्ने उनले बताइन् ।

तर पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुका लागि पनि जीवन पहिलेजस्तै सामान्य भने भइसकेको छैन । संघीय स्वास्थ्य एजेन्सीले भ्याक्सिन लगाएकाहरुलाई पनि घरभित्र हुने ठूला जमघटहरुमा सहभागी नहुन सल्लाह दिएको छ । तर कतिजनासम्मको जमघटलाई ठूलो जमघट भन्नेबारे सीडीसीले परिभाषित गरेको भने छैन । घरबाहिर हुने ठूला जमघटमा सहभागी हुन चाहने भ्याक्सिन लगाएका व्यक्तिलाई भने मास्क लगाउन सुझाव दिइएको छ ।

मल, थियटर, म्युजियम लगायतका इन्डोर स्थलहरुमा भने भ्याक्सिन लगाएकाहरुलाई पनि मास्क लगाउन सीडीसीले सुझाव दिएको छ । पूर्णरुपमा भ्याक्सिन लगाएको भन्नाले फाइजर र मोडेर्नाको दोश्रो डोज लगाएको २ साता पूरा भइसकेको बुझ्नुपर्छ । त्यस्तै जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको दुईसातापछि पनि पूर्णरुपमा भ्याक्सिन लगाएको बुझिन्छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

 

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →