अमेरिका आउन खोज्ने कागजपत्रविहिन बढेपछि एरिजोना गभर्नरबाट सिमानामा संकटकालको घोषणा


प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार

सिमाक्षेत्रमा थामिनसक्नु कागजपत्रविहिनको भींड भएपछि एरिजोनाका गभर्नरबाट सिमानामा संकटकालको घोषणा गरिएको छ । रिपब्लिकन गभर्नर डग डुसीले सिमाक्षेत्रबाट गैरकानूनी प्रवेश बढ्नुमा राष्ट्रपति जो बाइडेनको दोष रहेको आरोप लगाउँदै राज्यका तर्फबाट २५० जना नेशनल गार्ड परिचालन गर्ने बताएका छन् ।

स्थानीय कानून कार्यान्वयन निकायलाई सहायताका लागि नेशनल गार्ड पठाइने भएको हो । स्थानीय कानून कार्यान्वयन निकाय र मेयरहरुले सहायताको आव्हान गरेपछि संकटकालिन अवस्थाको घोषणा गर्नुपरेको गभर्नर डुसीले बताए ।

सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्न खोज्ने कागत्रपत्रविहिनहरुको संख्यामा यो बर्ष उल्लेख्य बृद्धि भएपछि सिमाक्षेत्रमा संकटकालको घोषणा गर्ने एरिजोना पहिलो राज्य हो । मार्चमा मात्र सिमा सुरक्षा गस्तीले अमेरिका प्रवेश गर्न खोज्ने १ लाख ६८ हजार कागजपत्रविहिनलाई पक्राउ गरेको थियो । डिसेम्बरमा यो संख्या जम्मा ७१ हजार थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेशनल गार्ड मिसनमा राज्यले २५ मिलियन फण्ड उपलब्ध गराउने गभर्नर डुसीले जानकारी दिएका छन् । तर उनले कहिलेसम्म नेशनल गार्ड परिचालन गर्ने भन्ने सन्दर्भमा केही बताएका छैनन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पनि यसबारे केही बताएको छैन ।

टेक्सासले पनि सिमाक्षेत्रबाट प्रवेश गर्न खोज्ने आप्रवासीको संख्या बढेपछि गत महिना ५ सय नेशनल गार्ड परिचालन गरेको छ । तर टेक्सासका गभर्नरले संकटकालको भने घोषणा गरेका छैनन् ।

डोनाल्ड ट्रम्पले सन् २०१८ मा सिमाक्षेत्रमा हजारौं संघीय टुकडीहरु र नेशनल गार्ड परिचालनका लागि आदेश दिएका थिए । पछि ट्रम्पले सिमाक्षेत्रमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । बाइडेन प्रशासनको माताहतमा पनि सिमाक्षेत्रमा टुकडीहरु कायम नै रहेका छन् ।

सिमानामा नेशनल गार्ड बराक ओबामा र जर्ज डब्ल्यु बुसका पालामा पनि परिचालन गरिएको थियो । एरिजोनाको टुकडीले कानून कार्यान्वयन अपरेशनमा सहभागिता जनाउने छैनन् । उनीहरुले हिराशतहरुमा मेडिकल अपरेशनमा सहायता गर्नेछन् । त्यस्तै राज्यबाट सिमाक्षेत्रमा संचालित बोर्डर क्यामेराको स्थापना, अनुगमन र कायम राख्नेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com