दूतावासले रिटर्निङ रेसिडेण्ट भिसा अस्वीकार गरेकालाई एयरपोर्टमा प्रवेश दिंदै सीबीपी


प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार

कोरोनाको महामारीका कारण ग्रिनकार्डमा एकबर्षभन्दा बढी नेपालमा बसेका कैयनले रिटर्निङ रेसिडेण्ट भिसा आवेदन दिंदा काठमाडौंमा रहेको अमेरिकी दूतावासले अस्वीकार गरेपनि त्यसपछि अमेरिका आएका ग्रिनकार्डवाहकलाई विमानस्थलबाट कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले भने अमेरिका प्रवेशको अनुमति दिएको छ । कोरोनाको महामारी कारण एकबर्षभित्र अमेरिका फर्कन नसकेका कैयनको रिटर्निङ रेसिडेण्ट भिसा अमेरिकी दूतावास काठमाडौंले अस्वीकार गर्दै नयाँ आई १३० आवेदन दिएर ग्रिनकार्डको प्रकृया सुरुवाटै अगाडि बढाउन सुझाव दिएको दिदै आएको छ ।

‘मेरो ग्रिनकार्डवाहक बुबाआमा सन् २०१९ को सेप्टेम्बरमा नेपाल जानुभएको थियो । तर कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका आउन सक्नुभएन । त्यसपछि नेपालमा ग्रिनकार्डमा अमेरिकी दूतावासमा रिटर्निङ रेसिडेण्ट भिसाका लागि आवेदन दियौं । दूतावासले भिसा अस्वीकार गरिदियो । त्यसपछि उहाँहरु विमान चढेर टेक्सास आउनुभयो । कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका आउन नसकेको बताएपछि उहाँहरुलाई एयरपोर्टबाट कुनै झन्झट विना अमेरिका प्रवेश गर्न अनुमति दियो ।’ –  टेक्सासबाट एकजना नेपालीले खसोखासलाई जानकारी दिए ।

अमेरिकी दूतावास काठमाडौंले भिसा अस्वीकार गर्दै यस्तो कागज थमायो । तर उनीहरु अमेरिका छाडेको एकबर्ष नाघेपनि म्याद नसकिएको ग्रिनकार्डमा अमेरिका आउँदा एयरपोर्टमा सीबीपीबाट कुनै रोकावट भएन ।

‘बुबा नेपालमा बिरामी भएर इमर्जेन्सीमा भर्ना हुनुभएको थियो । उहाँलाई केहीदिन आईसीयुमा राखिएको थियो । उहाँले कोरोना भाइरसबिरुद्ध लडेर बाँच्न सफल हुनुभयो । आमा पनि कोरोना संक्रमण भएर घरमै उपचार गरेर निको हुनुभयो । दुबैजना ग्रिनकार्डवाहक भएपनि अमेरिका छाडेको एकबर्ष भइसकेकाले रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिनुभएको थियो । तर एकबर्षभित्र फर्कन नसक्नुको अवस्था आफ्नो नियन्त्रणबाहिर रहेको पुष्टी गर्न नसकेको भन्दै उहाँहरुको भिसा अस्वीकार गरिएको थियो । दूतावासले भिसा अस्वीकार गरेपनि एयरपोर्टमा कुनै रोकावट विना प्रवेश दिनुले काठमाडौंको अमेरिकी दूतावासले समन्वयकारी भूमिका नखेलेको प्रष्ट भएको छ ।’ –  उनले भने ।

आफ्ना बुबाआमाका साथमा अमेरिका छाडेको एकबर्ष नाघेको अरु दुईजना ग्रिनकार्डवाहक नेपालीहरुपनि विना रोकावट टेक्सासको विमानस्थलबाट अमेरिका प्रवेश गरेको उनले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी दूतावास के भन्छ ?

रिटर्निङ रेसिडेण्ट भिसाका कैयन नेपाली आवेदकले अमेरिकी दूतावास काठमाडौंबाट आफूहरुमाथि अन्याय भएको गुनासो गरेका छन् । दूतावासकै भिसा च्याटका क्रममा एकजनाले भनेका थिए – ‘म मेरी आमाका लागि रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिने योजनामा छु । तर अघिल्लो अन्तरवार्ताका क्रममा आमाको ग्रिनकार्ड नै कन्सुलर अधिकारीले कब्जा गरे । जबकी ग्रिनकार्डको म्याद समेत सकिएको थिएन । उहाँलाई ग्रिनकार्ड कब्जा गर्नुको कारण पनि बताइएन भने रिटर्निङ रेसिडेन्ड भिसा आवेदन दिन सुझाव पनि दिइएन । हामीले एउटै अन्तरवार्ताका लागि शुल्क पनि दुईपटक बुझाउनुपरेको थियो ।’

अमेरिकी दूतावास काठमाडौं

यसबारेको जवाफमा कन्सुलर अधिकारीले भनेका थिए – ‘रिटर्निङ रेसिडेन्ड भिसा प्राप्त गर्न निकै गाह्रो हुन्छ । महामारीको अवस्थाका बाबजुत पनि यो भिसा स्वत स्वीकृत गरिदैन ।’

कस्टम एण्ड बोर्डर प्रोटेक्सनका अधिकारी के भन्छन् ?

कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका आउन नसकेका तर अमेरिका छाड्ने बेलामा रिइन्ट्री परमिट नलिइकनै गएका ग्रिनकार्डवाहकको ग्रिनकार्डको म्याद समाप्त नभएको अवस्थामा आउन नसक्नुको आवश्यक कागजातसहित सिधै अमेरिका आउनसक्ने र उसको अमेरिका प्रवेशबारे पोर्ट अफ इन्ट्रीमा निर्धारण गरिने सीबीपीका उच्च अधिकारीलाई उद्धृत गर्दै कानुन व्यवसायी केशव सेडाईले जानकारी दिएका थिए । एउटा कार्यक्रमका क्रममा कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीका उच्च अधिकारीहरुले यसबारे स्पष्ट पारेका थिए ।

खसोखाससँग कुरा गर्दै सेडाईले भने एउटा कार्यक्रममा हामीले यो प्रश्न सीबीपीका उच्च अधिकारीहरुलाई राखेका थियौं । कोरोनाको महामारीका कारण अमेरिका आउन नसकेका ग्रिनकार्डवाहकको अवधि एकबर्ष नाघेको भएपनि रिटर्निङ भिसा विना नै सिधै अमेरिका आउनसक्ने उनीहरुले जानकारी दिएका छन् ।

कानुन व्यवसायी केशव सेडाई

सामान्यतया एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बस्ने ग्रिनकार्डवाहकलाई अमेरिका आउनमा प्रतिबन्ध लाग्ने नियम रहेको छ । उनीहरुले अमेरिका आउनुपरेमा दूतावासमार्फत रिटर्निङ भिसा लिनुपर्ने प्रावधान रहेको छ । तर महामारीका कारण एकबर्षभन्दा लामो समय बाहिर बसेका ग्रिनकार्डवाहकलो छुट पाउनसक्ने सीबीपी अधिकारीलाई उद्दृत गर्दै सेडाईले जानकारी दिए ।

एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बसेका ग्रिनकार्डवाहकले आफू कोरोनाको महामारीका कारण आउन नसकेका प्रमाणहरु बोक्न सेडाईले सुझाव दिए । आफ्नो स्वास्थ्य अवस्था लगायतका प्रमाणहरु बोक्न सकिने र सीबीपी अधिकारीलाई देखाउन सकिने उनले जानकारी दिए ।

ग्रिनकार्डकै म्याद सकिएकाहरुले भने अमेरिकी दूतावास वा कन्सुलेटबाट बोर्डिङ फोइल लिनुपर्ने प्रावधान रहेको छ । बोर्डिङ फोइलविना म्यादसकिएको ग्रिनकार्डमा एयरलाइन्सले विमानमा नचढाउने र विमानस्थलबाट अमेरिका प्रवेशमा समेत समस्या हुने भएकाले ग्रिनकार्डको म्याद सकिएकाहरुलाई अमेरिकी दूतावासमा सम्पर्क गर्न सुझाव दिइएको छ ।

कोरोनाको महामारीबाट प्रभावित नभएको सामान्य अवस्थामा एकबर्षभित्र अमेरिका आउन नसकेका ग्रिनकार्डवाहक वा रिइन्ट्री परमिटको म्याद सकिएकाहरुले रिटर्निङ रेसिडेन्ट भिसा लिनुपर्ने प्रावधान रहेको छ । जसका लागि २०५ डलर शुल्कसहित डीएस ११७ भरेर बुझाउनुपर्छ । यदि आवेदन स्वीकृत भएमा डीएस २६० प्रोसेसिङ शुल्क र मेडिकल परीक्षा तथा भ्याक्सिन शुल्क समेत तिर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com