२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026
भ्याक्सिन अपडेट

बेलायतमा आष्ट्राजेनेका भ्याक्सिन लगाएपछि ७ जनाको रगत जम्ने समस्याबाट मृत्यु

बेलायतमा कोरोनाबिरुद्धको आष्ट्राजेनेका भ्याक्सिन लगाएपछि ७ जनाको रगत जम्ने समस्याका कारण मृत्यु भएको बेलायतको औषधी तथा हेल्थकेयर उत्पादन नियामक एजेन्सी एमएचआरएले शनिबार जनाएको छ । तर कोरोना संक्रमण रोक्न यो खोप प्रभावकारी नै रहेको एमएचआरए, युरोपियन मेडिसिन एजेन्सी र विश्व स्वास्थ्य संगठनले बताएका छन् ।

एजेन्सीले बिहिबारमात्र बेलायतमा रगत जम्ने समस्या भएका २५ वटा नयाँ केसहरु रिपोर्ट गरेको थियो । जसका कारण यस्तो समस्या देखिनेहरु ३० पुगेका छन् । तर, यो समस्या वास्तविक खोपको कारण हो वा संयोगमात्र हो भन्ने बारेमा अझै स्पष्ट भैसकेको छैन । त्यस्तै बेलायतमा फाइजर भ्याक्सिन लगाएका कसैमा पनि रगत जम्ने समस्या देखिएको छैन ।

बेलायतमा १८ मिलियनभन्दा धेरै भ्याक्सिनका डोजहरु डेलिभर गर्दा ७ जनाको मृत्यु भएको खबर आएको हो । गतमार्चमा अधिकांश युरोपका सहित झण्डै एकदर्जन देशहरुले यो भ्याक्सिनको वितरण नै बन्द गरेका थिए । तर पछि अधिकांशले पूर्णरुपमा र केहीले आंशिकरुपमा यो भ्याक्सिनको वितरण सुचारु गरेका थिए ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

नेपालमा गत माघ १४ देखि यो भ्याक्सिन वितरण गरिएकोमा लाखौंले यो भ्याक्सिन लगाइसकेका छन् । अष्ट्राजेनेकाको भारतमा उत्पादित भर्सन कोभिशिल्ड नेपालमा वितरण गरिएको हो । तर नेपालमा अहिलेसम्म यो भ्याक्सिनबाट कुनै गम्भिर प्रकारको साइड इफेक्ट भएको खबर भने आएको छैन ।

अमेरिकामा भने यो भ्याक्सिन अझै प्रयोगमा आएको छैन ।  यूकेमा गरिएको परीक्षणमा केही अनौठा र अमिल्दा तथ्यांकहरु देखिनुका साथै यसमा एउटा गम्भीर प्रकारको गल्ती देखिएका कारण अमेरिकामा आपतकालिन प्रयोगको अनुमतिका लागि आवेदन दिनमा समेत ढिलो भएको हो ।

यूकेमा डिसेम्बर ३० मा नै प्रयोगको स्वीकृति पाएको यो भ्याक्सिनले लगत्तै भारत, मेक्सिको, अर्जेन्टिना र अन्य केही देशमा पनि जाने अनुमति पाएको थियो । सेरम इन्स्टीच्युट अफ इन्डियाले भारतमा भ्याक्सिनको आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । र लगत्तै नेपालमा पनि भ्याक्सिनको प्रयोगका लागि अनुमति दिइएको थियो ।

दुई डोज दिनुपर्ने यो भ्याक्सिन बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा झण्डै ५ हजार ८ सयमा परीक्षण गरिएको थियो ।  यो भ्याक्सिन लक्षण सहितको कोरोना रोकथामका लागि ६२ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको थियो ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

 

 

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →